
- अर्थ सरोकार सम्बाददाता
अशोज ५, – आर्थिक अभावले रोकिएको बाग्लुङ भ्यू टावर निर्माण कार्यलाई पुनः सुरूवात गरिएको छ । निर्माण समितिका अध्यक्ष देवेन्द्र थापाका अनुसार पर्यटन मन्त्रालयले १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि निर्माण कार्यलाई अगाडि बढाइएको हो ।
बाग्लुङको भकुन्डेमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले आर्थिक वर्ष २०६७/६८ बाट भ्यू टावर निर्माण सुरु भएको थियो । भकुण्डे गाविस वडा नम्बर १ मुलाबारीको डाँडोमा निर्माण थालिएको भ्यू टावरका लागि आवश्यक रकम उपलब्ध हुन नसकेपछि बिचैमा रोकिएको थियो ।
हालसम्म भ्यू टावर निर्माणका लागि पर्यटन मन्त्रालयको ६ लाख, जिल्ला विकास समितिको ९ लाख, गाविसको एक लाख र बिभिन्न क्षेत्रबाट प्राप्त रकम गरी जम्मा २० लाख रुपैयाँ खर्च भइसकेको छ भने स्थानीयले जनश्रमदान समेत गरेका छन् ।
यस वर्ष भ्यू टावरलाई चार तला ढलान गरी ढुंगाले छाउने, वरिपरि तारवार लगाउने, रोलिङ हाल्ने काम सम्पन्न भएको थापाले बाताएका छन् । आगामी एक बर्ष भित्रसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको भ्यू टावरमा खानेपानी, शौचालय र घोरेटो बाटो निर्माणको काम बाँकी नै छ । यसका लागि थप १५ लाख रुपैयाँ लाग्ने समितिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्