×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दश मिनेटमा २ विष्फोट, अध्यक्ष र महासचिव नै लुटेरा

LAXMI SUNRISE BANK

दश मिनेटमा २ विष्फोट, अध्यक्ष र महासचिव नै लुटेरा

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – महानगरीय प्रहरी वृत्तमा सोमबार बेलुकोदेखि मंगलबार बिहानसम्म इन्सपेक्टर कमलराज पण्डितको डिउटी थियो । बिहान करिब पौने चार बजे उनलाई नारायणटार सिआरभीका प्रहरीले बम बिष्फोट जस्तै ठुलो आवाज आएको बताए । चुच्चेपाटीबाट उनी हुइकिएर दक्षिणढोका पुगे । सिआरभी रहेको करिब २ सय मिटरको दुरीमा बिष्फोट भएको थियो । तर, कहाँनेर बिष्फोट भएको भन्ने पत्ता लगाउनै करिब १० मिनेट लागेको थियो ।
दक्षिणढोकाको आकाशदीप स्कुलमा बिष्फोट भएको पत्ता लागेलगत्तै अर्काे बिष्फोटको आवाज आयो । त्यसपछि ५० मिटरको दुरीमा रहेको मनकामना स्कुलमा बिष्फोट भएको थियो । ३ः४० मा र त्यसको ५० मिनेटमा दुई वटा बिष्फोट भएका हुन् । स्कुलको गेटमा बिष्फोट भएकाले मानवीय क्षती भने भएको छैन ।
दक्षिणढोकाको घटनालगत्तै स्कुलहरुलाई लक्षित गरी बिष्फोटक पदार्थ राखिएको आँकलन गरी प्रहरीले सबैतिरका स्कुलमा सर्च गर्न संचार सेटमार्फत निर्देशन दिएको थियो । सो अनुसार कतै स्कुलले प्रहरीलाई खबर गरे भने कतिपय अवस्थामा प्रहरीले शंकास्पद वस्तुहरु फेला पारेको थियो । सबैतिर डिष्पोज गर्दा बिहान साढे १० भएको थियो ।
दुई स्थानमा बम बिष्फोट भएपछि प्रहरीले उपत्यकाभरीका स्कुलमा बिहानै सर्च गरेको हो । महाराजगंज क्षेत्रमा कान्तिपुर बोर्डिङ स्कुलमा मिनि सिलिण्डर फेला परेको थियो । कान्तिपुर स्कुलमा ग्यासको मिनिसिलिण्डर भेटिएपछि सेना बोलाएर डिष्पोज गरिएको डिएसपी गोविन्द पुरीले बताए ।
अध्यक्ष र महासचिव नै लुटेरा !
माओवादी कम्युनिस्ट केन्द्रका अध्यक्ष देवेन्द्र महत हुन् भने महासचिव केशव दाहाल । दुवैजना लुटेरा भएको प्रहरीको रेकर्डमा छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार १ असार ०७१ मा उनीहरूले मानबहादुर चदाराको ४० लाखबराबरको यार्सागुम्बा लुटेका थिए । सो घटनामा महत र दाहाल दुवै पक्राउ परेका थिए । उनीहरू जबर्जस्ती चोरी मुद्दामा न्यूनतम धरौटीमा नै ।
  • नयाँ पत्रिका
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी