×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले अध्यक्ष ओलीले तयार पारे ३२ पृष्ठ लामो प्रतिवेदन, के छ प्रतिवेदनमा ?

LAXMI SUNRISE BANK

एमाले अध्यक्ष ओलीले तयार पारे ३२ पृष्ठ लामो प्रतिवेदन, के छ प्रतिवेदनमा ?

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारको नेतृत्वबाट बाहिरिएको डेढ महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दै छ । अध्यक्ष केपी ओलीले बैठकमा पेस गर्न ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार गरेका छन ।
तत्कालीन सत्तासाझेदार माओवादी केन्द्र र प्रतिपक्षी कांग्रेसले बाह्य शक्तिसँग साँठगाँठमा गरेर आफू नेतृत्वको सरकार विस्थापित गरेको आरोप ओलीले प्रतिवेदनमा लगाएका छन् । खास गरेर चीनसँग पारवहन सम्झौता गरेपछि त्यो उत्कर्षमा पुगेको उनको दाबी छ । ‘सरकार बनेदेखि नै नेपाली कांग्रेस, माओवादी र बाह्य पक्षबीच लगातार सम्पर्क भइरह्यो ।
चीनसँग पारवहन सम्झौता भइसकेपछि सरकार विस्थापन गर्ने प्रयासले तीव्रता पायो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । संविधान निर्माणको उपलब्धिलाई उल्ट्याएर देशलाई अस्थिरता र द्वन्द्वमा धकेल्ने योजनाअनुरूप उनीहरूको गठजोड भएको ओलीको निष्कर्ष छ ।
‘सतहमा हेर्दा प्रधानमन्त्री परिवर्तनको सामान्य संसदीय अभ्यासजस्तो देखिए पनि यसका पछाडिका उद्देश्यहरू नियोजित र गम्भीर प्रकृतिका छन् ।
सरकार परिवर्तनमार्फत आन्तरिक र बाह्य शक्तिकेन्द्रहरू विगत एक वर्षभन्दा लामो समयदेखि नेपालले प्राप्त गरेका उपलब्धिहरूलाई उल्ट्याउने र मुलुकलाई राजनीतिक अस्थिरता, नयाँ ध्रुवीकरण र द्वन्द्वतिर धकेल्ने योजनामा केन्द्रित छन,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र छिमेकी भारतप्रति आक्रोश ब्यक्त गरेका छन् । उनले प्रचण्डलाई ‘राजनीतिक बेइमान र धोखेबाज’ तथा भारतलाई ‘सार्वभौम मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने’ छिमेकी भनेका छन् ।
  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी