×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मदिरा कारोबारीलाई जरिवाना

LAXMI SUNRISE BANK

मदिरा कारोबारीलाई जरिवाना

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संबाददाता
५ असोज । अनुमति बिना अवैध रुपमा मदिराको कारोबार गर्दैआएका कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का दुईजनालाईे जरिवाना तिराइएको छ ।
मङ्गलबार साँझ आन्तरिक राजस्व कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले पसलमा छापा मारी लक्ष्मण ऐरी र मुकेश पैतलालाई जनही रु पाँच–पाँच हजार जरिवाना तिराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीका अनुसार पसलमा अवैध रुपमा बिक्रीका लागि राखिएको विभिन्न ब्रान्डका ५६ थान मदिरासमेत जफत गरी आन्तरिक राजस्व कार्यालयमा बुझाइएको छ । 
अनुमतिबिना मदिरा बिक्री–वितरण गर्दै आएका पसलको निरन्तर अनुगमन गरी कारबाही अघि बढाइने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी