×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्ष वा संसदीय दलको नेता छाड्न केपी ओलीलाई धनश्याम भूसालको लिखित आग्रह

LAXMI SUNRISE BANK

अध्यक्ष वा संसदीय दलको नेता छाड्न केपी ओलीलाई धनश्याम भूसालको लिखित आग्रह

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष वा संसदीय दलको नेता मध्ये एक रोज्न उपमहासविच घनश्याम भूसालले लिखित प्रस्ताव राख्ने भएका छन् । बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय समितिको बैठकमा फरक मत राख्दै उपमहासचिव भूसालले पार्टी अध्यक्ष वा संसदीय दलको नेता मध्ये एक पद छोड्न आग्रह गरेका छन् ।

एमाले केन्द्रीय समिति बैठकका लागि ओलीले ३२ पेज लामो राजनीतिक प्रतिवेदन लखेका छन् । ओलीको प्रतिवेदनमा मत राख्दै भूसालले २६ पेज फरक मत राखेका छन् । भूसालको फरक मतमा एमालेभित्रको गुटबन्दी मुख्य बिषय बनेको छ भने अध्यक्ष ओलीलाई दवाव दिइएको छ ।
अध्यक्ष ओलीले लामो समयदेखि ‘एक ब्यक्ति एक पद’ को कुरा उठाउँदै आएपनि आफ्नो हकमा भने लागु नगरेको आरोप फरक मतमा उल्लेख गरेका छन् । ‘एक व्यक्ति एक पदको नारा लगाएर जितेपछि कि त दलको नेताबाट राजिनामा दिनुपर्थ्यो कि त्यो नारा नै गलत थियो भन्नुपथ्र्यो । आफूलाई जे फाइदा हुन्छ, त्यही पद्धति हो भन्ने कुरा यसबाट स्थापित भइसक्यो’ भूसालले आफ्नो प्रतिवेदनमा भनेका छन् । उनले आफ्नो पुरानो नारालाई कार्यान्वयन गर्न अध्यक्ष ओलीसँग आग्रह पनि गरेका छन् ।
उता ओलीले भने आफ्नो प्रतिवेदनको मुख्य एजेण्डा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका गतिविधिलाई बनाएका छन् । दाहालले मधेसी मोर्चासँग गरेका सम्झौता, संविधान संशोधनको बिषय भारतमा छलफल गरेको र भारत र नेपालका प्रधानमन्त्रीबीच संयुक्त बिज्ञप्तीलाई आधार बनाएका छन् ।
ओलीले प्रतिवेदनमा प्रधानमन्त्रीलाई निशाना साँधे पनि भूसालले ओलीलाई नै निशाना नबाएका छन् । तर ओलीले राष्ट्रिय, अन्तराष्ट्रिय विषयमा उठाएका कुरामा भने सहमति जनाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी