×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसबाट ७ मन्त्री थपिदैं को–को बन्दैछन् मन्त्री

LAXMI SUNRISE BANK

कांग्रेसबाट ७ मन्त्री थपिदैं को–को बन्दैछन् मन्त्री

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार संबाददाता
काठमाण्डौं । कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको स्रोतले बतायो । 
कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । देउवा निकट स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका हुन् ।
राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतले दाबी गरेको छ ।
कांग्रेसका भागमा १५ मन्त्रालय छन् । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री रहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी