×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपराष्ट्रपति पुनः स्वदेश फिर्ता

LAXMI SUNRISE BANK

उपराष्ट्रपति पुनः स्वदेश फिर्ता

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- असंलग्न आन्दोलन नाम मा संलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला जानुभएका उपराष्ट्रपति नन्दबहादुर पुन आज स्वदेश फर्किनुभएको छ ।
भदौ २९ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुएला प्रस्थान गर्नुभएका उपराष्ट्रपति पुन आज बिहान स्वदेश फर्किनुभएको हो ।
उपराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, कृषिमन्त्री गौरीशङ्कर चौधरी, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव र सरकारका वरिष्ठ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
उहाँको स्वागतमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
उपराष्ट्रपति पुनले नाम सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको यही असोज १ र २ गते मार्गारिता टापुमा भएको उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।
साथै उहाँ भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो मोरोसले शिखर सम्मेलनमा सहभागी सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा समेत सहभागी हुनुभएको थियो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालले नेतृत्व गर्नुभएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी