×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेरो पैसा दिन्न, ‘आईन्दा मागिस भने बलत्कारको केश हालिदिन्छु’

LAXMI SUNRISE BANK

तेरो पैसा दिन्न, ‘आईन्दा मागिस भने बलत्कारको केश हालिदिन्छु’

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – समस्या पर्दा सहयोग गर्नु स्वभाविक हो । सहयोग अनेक किसिमका हुन्छन् । तर आर्थिक सहयोगको मामिलाका कारण रसुवा स्थायि घर भई हाल बागबजार बस्ने नर्बु लामाको बेहाल भएको छ । नर्बुको निद हराएको छ, नर्बुको भोक प्यास हराएको छ । र नर्बुलाई सहयोगि भावनाको हुनु नै दुर्भाग्य लाग्न थालेको छ ।
चार महिना अगाडि ‘एक हप्ता पछि फिस्ता गर्छु, मेरो छोरा सिकिस्त बिरामी छ भयो, उपचार नेपालमा सम्भव नहुने भो, दोल्लि लैजानुपर्ने भो भन्दै एकजना लामा थर कि महिलाले नर्बुको हात समातेर रोइन् । नर्बु र ति महिलाको खासै राम्रोसँग चिनजान थिएन । कपडा ब्यापारको सिलसिलामा कहिलेकाँहि कुराकानि हुन्थ्यो । उनिहरु दुबैजनाको बौद्धमा पसल थियो । कपडा लिन खासा जान्थे ।
सहयोगि भावना र कमलो मन भएका नर्बुले ११ लाख रुपैयाँ एकैदिनमा बैंक मार्फत झिकेर दिए । कुनै कागज वा प्रमाण राखेनन् । छोराको उपचारको लागि दिल्लि जाने भएकाले ति महिलाको पसल हेर्ने मानिस अरु कोहि थिएन । त्यसैले पसल नर्बुलाई जिम्मा लगाईन ति महिलाले । पसलमा जम्माजम्मि २ लाखको कपडा थियो ।
दिन, रात, हप्ता, महिना बित्यो तर ति महिलाले नर्बुलाई सम्पर्क गरेनन्, छोराको हालखबर पनि बताएनन्, पसलको बारेमा केहि कुरा सोधे । यस्तो हर्कत देखेर नर्बुलाई अचम्म त लागेको थियो तर छोराको तनाबले गर्दा होला बिचरा निको भएपछि आँउछ भन्ने लागेर चुपचाप कुरिरहे ।
चार महिनाको समय सिमा सकिएपछि नर्बुले मोबाईलमा फोन गरे । जति गर्दा नि ति महिलाको फोन रिसिभ हुन सकेन । ल्याण्डलाईन फोन मार्फत गरेपछि रिसिभ भयो । ति महिलाले आफू नेपालमै भएको र पैसा दिनको लागि चाँडै आउने कुरा गरिन् तर पसलको बारेमा सोधिनन् ।
त्यसो भनेको एक हप्ता पछि ति महिला आईन् । नर्बुले पैसा मागे । ति महिलाले आफ्नो दोकानको व्यापारको हिसाब मिलाउन भने । ३४ हजारको ब्यापार भएको रहेछ । नर्बुले कपडाको व्यापार र हाम्रो व्यापार अलग्गै भन्दै व्यापार गरेको पैसा दिए ।
पैसा हात पारेपछि ति महिलाले भनिन्, ‘भोली बिहान फोन गर्नुहोला, हिमालयन बैङ्कमा आउनुहोला । ब्याज सहित पैसा फर्काउछू म ।’
नर्बुले बिहानै फोन गरे, ‘ल म दश बजे हिड्छु हैू ? ति महिलाले भनिन्, ‘कता हिड्ने ? हिमालयन बैङ्क ? हेर, तेरो पैसा दिन्न, आईन्दा मागिस भने बलत्कारको केश हालिदिन्छु ।’
अहिले नर्बु गुमेको पैसा फिर्ता ल्याउन प्रहरि र पत्रकारको सहयोगका लागि भौतिएका छन् ।
  • टिभि अन्नपूर्ण
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी