×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसका जुवाडे नेता नछोड्दा गृहमन्त्रीको निशानामा परे दाङका एसपी सिंह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कांग्रेसका जुवाडे नेता नछोड्दा गृहमन्त्रीको निशानामा परे दाङका एसपी सिंह

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तुलसीपुर – दाङ आएको केही महिनामै अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका प्रहरी उपरीक्षक (एसपी) धिरजप्रताप सिंह गृहमन्त्री बिमलेन्द्र निधिको निशानामा परेका छन् ।
गुन्डागर्दी र जुवातास नियन्त्रणमा कडाइका साथ लागेका एसपी सिंहलाई गृहमन्त्री निधिले सरूवा गर्ने तयारी गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार दाङ कांग्रेसका केही नेताको सिफारिसमा एसपी सिंहको सरूवा गराउन गृहमन्त्री लागेका हुन् । स्रोतका अनुसार जुवाको खालबाट पक्राउ परेका कांग्रेस कार्यकर्तालाई नछाडेपछि एसपी सिंहको सरूवा गराउने तयारी भएको हो ।
करिब एक महिना पहिले नारायणपुरबाट पक्राउ परेका जुवाडे छुटाउन दाङ कांग्रेसका सचिव शंकर डाँगी जिप्रका पुगेका थिए । तर, एसपी सिंहले जुवाडेलाई कानुनी कारवाही गरेका थिए । जुवाडे छुटाउन जिप्रका पुगेका कांग्रेस सचिव डाँगीलाई हिरासतको साँचो दिंदै आफूले जुवाडे नछाड्ने आफ्नो मान्छे चिनेर लैजान भनेका थिए ।
एसपीबाट त्यस्तो जवाफ पाएपछि सचिव डाँगी नतमस्तक भएर फर्केको र कांग्रेसले गृह मन्त्रालय सम्हाल्ना साथ डाँगी एसपीको सरूवा गराउन लागेकोे स्रोतको दाबी छ ।
डाँगीको गृहमन्त्री निधि सँग सम्बन्ध प्रगाढ छ । सचिव डाँगीकै सिफारिसमा एसपी सिंहको सरूवा गर्ने तयारीमा मन्त्री निधि लागेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी