
काठमाडौं – मङ्गलबार नेप्से परिसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । बजार खुलेदेखि आधा घण्टासम्म बढिरहेको नेप्से त्यसपछिको व्यापारमा भने घट्न थालेको हो । २ घण्टाको व्यापारमा परिसूचक १३ दशमलव ३१ अङ्कले घटेर १ हजार ७ सय ९१ दशमलव १७ विन्दुमा पुगेको हो ।
यस समयमा होटल समूह बाहेक अरु समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय २५ कम्पनीको २ हजार ९ सय १५ पटकको व्यापारमा रू. ५९ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ ।
होटल समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशतले बढेको छ । त्यसैगरी, जलविद्युत समूहको परिसूचक १ दशमलव ७१ प्रतिशत, बैङ्किङको शून्य दशमलव ९५ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ५९ प्रतिशत, बीमाको शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ३६ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव २२ प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्