Skip to content
LAXMI SUNRISE BANK

अमेरिकामा सवारी चालक अनुमति पत्र लिन नेपाली भाषामा नै लिखित दिन पाइने

अर्थ सरोकार

वाशिंगटन डिसी– अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् । आगामी अक्टोबर १ तारिखदेखि याे व्यवस्था लागु हने भएकाे छ ।

आइतबार गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन ) की प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले उक्त जानकारी  दिइन् ।
यसकै अवसरमा उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका  हस्तान्तरण समेत गरेकी थिइन् ।
उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परिक्षा दिन पाउने व्यवस्थाको लागि विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी तथा खादाले सम्मान गरिएकाे थियो ।
उनले यो व्यवस्था नेपालीहरुका लागि राम्रो कुरा भएकाे भन्दै सवारी साधन सुरक्षितका साथ कुदाउन समेत आग्रह गरिन् ।
यसै गरी अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर , क्रिस्टिन नाइजर ,मेरिल्याण्ड एमभीए परिवारलाई विशेष आभार प्रकट गरे ।
मेरिल्याण्डमा अन्य भाषाहरुमा सवारी चालक अनुमतिपत्रकाे लिखित दिने व्यवस्था भए पनि नेपाली भाषामा दिन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ ।
  • एसियन समाचार
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK