×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुर नरसंहारका मुख्य अभियुक्तलाई प्रधानमन्त्री दाहालले होटल ताजमा भेटेको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टीकापुर नरसंहारका मुख्य अभियुक्तलाई प्रधानमन्त्री दाहालले होटल ताजमा भेटेको खुलासा

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल प्रहरीको मोष्टवान्टेड सुचिमा टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको होटल ताजमा भेटेको रहस्य खुलेको छ । चार दिने भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्रीे दाहालले नेपाल र भारतका ब्यवसायीहरुसँग होटल ताजमा भेटवार्ता गरेका थिए ।
त्यही कार्यक्रमको मञ्चमा आशिन थिए, नेपाल प्रहरीले विगत एक बर्षदेखि खोजि गरिरहेका फरार अभियुक्त रेशम चौधरी । प्रधानमन्त्री दाहालसँग उनले त्यही मञ्चमा बारम्वार खानेखुसी पनि गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमण अबधिभर चौधरी होटल ताजमै बसेका थिए । उनले त्यही प्रधानमन्त्री दाहालसँग छुट्टै भेटघाट गरेका थिएका थिए ।
टीकापुर नरसंहारका मुख्य योजनाकार चौधरी भारतमा लुकेर बसेका छन् । नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरी र एक बालकको हत्या भएलगतै उनी भारत पुगेका थिए । भारतमा बसेर उनले आफ्नो मुद्दा फिर्ता लिन सरकारलाई दवाव दिन थालेका छन् । होटल ताजमा प्रधानमन्त्री दाहालसँग उनले आफ्नो मुद्दा फिर्ता लिन आग्रह गरेको स्रोतले बताएको छ ।
resham1कैलाली घटना राजनीतिक घटना हो, त्यसमा म दोषि पनि छैन, प्रधानमन्त्री दाहाललाई चौधरीले भने म प्रति लागेको मुद्दा फिर्ता लिइदिनु परयो । प्रधानमन्त्री दाहालले टीकापुर घटनाका बिषयमा आफुलाई जानकारी भएको र मुद्दा फिर्ताका लागि मन्त्रीपरिषदमा छलफल गर्ने जवाफ दिएका थिए ।
चौधरीलाई नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरी र एक वालकको हत्या अभियोग, प्रहरीको हतियार खोसेको अर्काे गरी दुई मुद्दा लागेका छन् । यी दुवै मुद्दा फिर्ता लिन प्रधानमन्त्रीलाई उनले आग्रह गरेका छन् भने मुद्दा फिर्ताले आश्वासन पनि प्रधानमन्त्री दाहालले दिएको स्रोतले बताएको छ ।
टीकापुर घटनाको छानविन गर्न बनेको आयोगले पनि चौधरीलाई मुख्य योजनाकार ठहर गरेको छ । राष्टिय अनुसन्धान विभागका पूर्वप्रमुख देविराम शर्मा नेतृत्वको छानविन समितिले उनलाई मुख्य दोषि ठहर गरेको छ । शर्मा नेतृत्वको छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएपनि गृहमन्त्री विमलेन्द्र निधिले भने सार्वजनिक नगर्ने र अभियुक्तहरुको मुद्दा फिर्ता लिने बताएका छन् ।
गृहमन्त्रीको कार्यप्रति प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी