×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंको बानेश्वरदेखि मुम्वईको थानासम्म संविधानमा सलाई कोरियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौंको बानेश्वरदेखि मुम्वईको थानासम्म संविधानमा सलाई कोरियो

Artha Sarokar

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्टपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको शुभकामना, प्रतिपक्ष दल एमालेले बसन्तुपरमा जनसभा गरिरहेका बेला सोमबार शिवसेना नेपाल ओम रक्षा बाहिनी प्रमुख चिरनविर खड्का बानेश्वरमा संविधानको प्रति जलाइरहेका थिए । संबैधानिक राजतन्त्र र हिन्दुराष्टविनाको संविधान स्वीकार गर्न नसक्निे भन्दै खड्का लगाएत समुहले संविधान जलाउँदा पक्राउ समेत परे ।
संविधान जारी भएको एक बर्ष पुग्यो । संविधानका पक्षमा कतै हर्षउल्लास त कतै विरोधमा कालो दिन र प्रतिलिपी जलाउने काम भयो । प्रमुख सत्तारुढ दल कांग्रेस र माओवादीले सामान्य कोठे कार्यक्रम गरेर खुसीयाली मनाए भने एमालेले उत्सवकैरुपमा देशभर जनसभा गरयो । ठिक त्यसैगरी संविधानका विपक्षमा रहेको शिवसेना नेपालले पनि काठमाडौको बानेश्वरदेखि मुम्वईको थानासम्म नेपालको संविधान जलाएको अध्यक्ष अनिल बस्नेतले बताए ।
संबैधानिक राजतन्त्र र हिन्दुराष्टविनाको संविधान नेपाली नागरिकको हुनु सक्दैन, अध्यक्ष बस्नेतले भने नेपाली जनता भन्दा बाह्यशक्तिका आडमा आएको संविधान हामी मान्दैनौ र त्यसकै विरोध स्वरुप जलाएका छौ । बस्नेतले मान्छे मारेर देश शान्ति नहुँने तर बाध्यबस मुहान सफा गर्नु पर्ने परिस्थित आएको समेत बताए । हामी नागरिकलाई सास्ती दिन्नौ, केही रकमको मोहमा फसेर हिन्दुराष्ट समाप्त पार्नेलाई छाड्दैनौ, त्यसकै संकेत हामीले सोमबार दिएका हौ ।
संविधानप्रति असन्तुष्टी जनाउँदै आएका मधेसी मोर्चाले मधेस क्षेत्रमा खास्सै कालो दिन मनाएनन् । रौतहटमा प्रमुख जिल्ला अधिकारी सहभागि कार्यक्रममा कालो झण्डा देखाउने बाहेक अरु गर्न सकेनन् । तर शिवसेना नेपालले भने देशका प्रमुख शहरहरुमा संविधानको प्रति जलाएको छ ।
पोखरामा जितेन्द्र, बन्टी थापा र आनन्द सापकोटाले नेपालको संविधानमा सलाई कोरे भने दोलखामा अनुप बुढा, झापामा ओमेन्द्र घिमिरे, बुटवलमा बिजय पाठक, सिन्धुपाल्चोकमा वरण खड्का र राजविराजमा प्रविण खड्काले संविधान राग बनाए ।
त्यसैगरी भारतको मुम्वई शहरमा पनि नेपालको संविधान जलाइएको छ । शिव सेना नेपालका मुम्वई प्रमुख कुलबहादुर गुरुड, खगेन्द्र शर्मा सदानन्द नाथ योगीको टोलीले मुम्वई थानामा नेपालको संविधान जलाएको थियो ।

एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी