
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानकोे दोस्रो संशोधन तत्कालै हुने बताएका छन् ।
संविधान दिवसको अवसरमा सोमबार टुँडिखेलमा आयोजित ‘संविधान दिवस विशेष’ कार्यक्रममा बोल्दै प्रचण्डले सबैलाई स्वीकार्य बनाउनका लागि सरकार संविधानको दोश्रो संशोधन गर्न लागेको बताएका हुन । एकपटक संविधानका महत्वपूर्ण धाराहरुमा संशोधन भैसकेको भए पनि उक्त संशोधनबाट मधेशी, आदिवासी जनजाति, थारु, लागायतका समुदायका भावना समेट्ने गरी संविधानको दोश्रो संशोधन गर्न लागिएको बताए ।
हामीले संविधानमा मधेसी, आदिवासी जनजाति, समुदायका जायज मागहरुकोे सम्बोधन गर्न सकेका छैनौ । उनीहरुका जायज मागहरुको संबोधन गर्न संविधान संशोधन गर्न जरुरी रहेको छ । विश्वका कुनै पनि संविधान एकै पटक पूर्ण नहुने जिकिर गर्दै उनले जनताका आकांक्ष अनुसार यसमा संशोधन गर्दै पूर्णता दिदै जानुपर्ने बताएका छन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले संविधनको पूर्ण कार्यान्वयनको लागि २०७४ माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गरिसक्नुपर्ने बाध्याता रहेको उल्लेख गरेका छन् । निर्वाचनकालागि स्थानिय तहको संरचना भइरहेको र निर्वाचन आयोगसँग पनि छलफल भइरहेको बताएका छन् ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्