
काठमाडौँ – एमाले सचिव योगेश भट्टराईले प्रमुख दलहरु मिलेर जारी गरेको संविधान कार्यान्वयनका लागि एकमत भएर अघि बढ्नुपर्ने बताएका छन् ।
संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संवैधानिक कानुन व्यवसायी मञ्चले सोमबार काभ्रेको धुलिखेलमा आयोजना गरेको कार्यक्रममा भट्टराईले प्रमुख दल एकै ठाउँ हुन नसक्नुमा कांग्रेस दोषी रहेको बताए ।
संविधान कार्यान्वयन सँतोषजनक रुपमा अघि नबढेको बताउँदै उनले त्यसले राम्रो संकेत नगरेको उल्लेख गरे ।
२०४७ सालको संविधान जारी गर्ने दल मिल्न नसक्दा उक्त संविधान निकम्मा हुन पुगेको चर्चा गर्दै सचिव भट्टराईले कांग्रेसले सोही अवस्था निम्त्याउन खोजेको टिप्प्णी गरे ।
‘२०४७ सालको संविधान जारी गर्ने शक्तिबीचको टकराबले त्यो संविधानले काम गर्न सकेन’, उनले भने, ‘यो पटक पनि त्यही ऐतिहासिक भुल गरेको छ ।’ कांग्रेसका कारण मुलुक दुर्घटनाको संघारमा पुगेको भट्टराईको आरोप थियो ।
एक फरक प्रशंगमा उनले पहिचानको माग सम्बोधनका लागि संविधान संशोधन गर्दा बहुमत हिस्सा ओगट्ने उक्त मागको विपक्षमा रहेको जनमत आन्दोलित भए के गर्ने भन्ने प्रश्न गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्