Skip to content
LAXMI SUNRISE BANK

यस्तो पो रहेछ प्रधानमन्त्री अमेरिका नजानुको कारण…

अर्थ सरोकार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिनका लागि आजदेखि तय भएकोे संयुक्त राज्य अमेरिकाको भ्रमण रद्द भएको छ ।
मधेसी, थारु, जनजातिका प्रतिनिधिलगायत आन्दोलनरत दलले अहिले विदेश भ्रमण गर्नुभन्दा उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठेकाले भ्रमण रद्द भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
‘विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पुनःनिर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्या समाधानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले महासभामा प्रधानमन्त्री दाहालले भाग लिन जाने कार्यक्रम रद्द गरिएको छ’ – सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि प्रधानमन्त्री दाहालले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम् द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो ।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री महत आइतबार नै न्युयोर्क प्रस्थान गरिसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK