Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीले ढांटे सर्वोच्चलाई

अर्थ सरोकार

अख्तियार दुरूपयो अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ।
आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए। थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए। आजको कान्तिपुरमा खबर छ ।
‘नियुक्तिको माइन्यूट हराएको थिएन। प्रधानमन्त्री कार्यालयमै छ। हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ,’ मुख्य सचिव सुवेदीले भने,‘ बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK