Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमै कालो झण्डा, क्रान्तिकारीका ४ केन्द्रीय नेतासहित २४ गिरफ्तार

अर्थ सरोकार

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणबाट फर्किदै गर्दा त्रिभुवन विमानस्थलमै कालो झण्डा देखाइएको छ ।
प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले कालो झण्डा  देखाएको हो।
यसै क्रममा अखिल (क्रान्तिकारी) का ४ केन्द्रिय सदस्यसहित २४ जना नेता कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।
चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको जम्बो टोलीको विरोध गर्दै कालो झण्डा देखाउन त्रिभुवनअन्तर्राष्ट्रिय बिमानस्थल पुगेका अखिल (क्रान्तिकारी) का  र्दर्जनौं नेता -कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेको क्रान्तिकारीका नेता लोकेश बिस्वकर्मा इमान्दार मिडियालाई बताए ।
प्रचण्ड नेतृत्वको सरकारले भारतसँग राष्ट्रघाती सम्झौता गरेको भन्दै त्यसको विरोधस्वरूप नेकपा (माओवादी)का महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शनिबार एक प्रेस बिज्ञप्ति निकाल्दै प्रचण्ड काठमाडौं ओर्लिएलगत्तै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए ।
सोहि कार्यक्रम अनुसार क्रान्तिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डासहित (आज) सोमबार दिउँसो विरोध प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी उपत्यका विशेष समन्वय समितिका संयोजक लोकेश विश्वकर्मा, काठमाडौं जिल्ला अध्यक्ष प्रकाश अधिकारी, सुनिता बम, दर्शन नेपाली, प्रभात भट्टराई, चन्द्रा बुढा, टंक जोशीलगायत २४ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
आफु दोस्रो पटक प्रधानमन्त्री भएपछि भारतको निमन्त्रणामा १ सय ४ सदस्सीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते नयाँदिल्ली पुगेका प्रचण्ड अाज स्वदेश फर्किएका छन् । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी बृत गौशालामा राकिएको छ ।
  • इमान्दार मीडिया
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK