Skip to content
LAXMI SUNRISE BANK

८ कम्पनीका २ करोड भन्दा बढी सेयर सुचिकृत, हेर्नुस कसको कति

अर्थ सरोकार

 

नेप्सेमा आइतबार ८ कम्पनीका २ करोड भन्दा बढी शेयर सुचिकृत भएका  छन् । यस दिन विभिन्न ८ कम्पनीका बोनस र हकप्रद गरी  करिब २ करोड १८ लाख किक्ता शेयर सुचिकृत बह्येका हुन् । आइतबार शेयर सुचिकृत हुनेमा १ वाणिज्य बैंक,तीन विकास बैंक,दुई बीमा कम्पनी र एक फाइनान्स कम्पनी रहेका छन्।

जस मध्ये सानिमा बैंकको मात्रै १ करोड ५१ लाख ३२ हजार ९ सय ८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । 
त्यस्तै लुम्बिनी फाइनान्स एण्ड लिजिङको ७ लाख ३५ हजार २ सय ४४ कित्ता बोनस शेयर, नेपाल लाइफ इन्स्योरेन्सको ४३ लाख ३५ हजार कित्ता बोनस शेयर , गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता बोनस शेयर,   प्रुरुडेन्सियल इन्स्योरेन्सको ३ लाख २४ हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ।
यसै दिन काक्रेविहार विकास बैंकको ५६ हजार ९ सय २५ कित्ता बोनस र १ लाख ७२ हजार ५ सय कित्ता हकप्रद शेयर,  मिसन डेभलपमेन्ट बैंकको २ लाख २४ हजार २ सय ५० कित्ता बोनस शेयर र  प्रोफेसनल दियालो विकास बैंकको २ लाख ३ हजार ५ सय कित्ता बोनस शेयर पनि सुचिकृत भएको नेप्सेले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK