×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत भ्रमणपछि काठमाडौँ ओर्लनासाथ प्रचण्डको टाउको दुखाउने ५ कुरा !

LAXMI SUNRISE BANK

भारत भ्रमणपछि काठमाडौँ ओर्लनासाथ प्रचण्डको टाउको दुखाउने ५ कुरा !

२ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको ४ दिने राजकीय भ्रमण सकेर आइतबार स्वदेश फर्कदैछन् । प्रधानमन्त्री दाहालको भारत भ्रमण सुरु भएलगत्तै चार दिनभित्र नेपालको राजनीतिमा निकै उथलपुथल ल्याउने खालका साना ठूला दृष्यहरु देखापरे ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा होस् वा काठमाण्डौमा प्रधानमन्त्री दाहालकै पार्टी माओवादी केन्द्र लक्षित आरोपहरुका कारण, फेरि एक पटक नेपाली राजनीतिक रंगमञ्च तरंगित हुने भएको छ । प्रधानमन्त्री दाहालले काठमाण्डौमा पाइला टेकेपछि केही महत्वपूर्ण विषयका बारेमा ठूलै चूनौतीको सामना गर्नुपर्नेछ ।
प्रधानमन्त्री दाहाल भारतको ४ दिने भ्रमण सकेर काठमाण्डु ओर्लनासाथ उनले केही राजनीतिक र प्राविधिक विषयको सामना गर्नुपर्नेछ ।
प्रधानमन्त्री दाहाल र उनका पार्टी नेताहरुलाई आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व माओवादी लडाकूहरुका लागि छुट्याइएको बजेटमाथि अनियमितता भएको आशंकामा त्यसको नेतृत्व गरेका प्रचण्ड र अन्य जिम्मेवार नेताहरुलाई ३० दिनभित्र आफ्नो भनाई राख्न निर्देशन दिएको छ । पूर्व लडाकू शिविरभित्र अनियमितता भएको आशंकामा आयोगले शुक्रबार साँझ एक्कासि पत्रकार सम्मेलनको आयोजना गरी सो निर्देशन दिएको थियो ।
अख्तियारको यो निर्देशन लगत्तै दिल्लीमा रहेका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँगको कुराकानीमा यो विषयमा आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् भने माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले अख्तियारले आफ्नो पार्टीसँग बार्गेनिङ गर्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहाल दिल्लीबाट फर्केलगत्तै उनले यो महत्वपूर्ण चूनौतीको सामना गर्नुपर्नेछ ।
मधेसी मोर्चाको अवरोध
संघीय गठबन्धनका नेताहरुले आफ्नो माग पूरा नगरेसम्म प्रधानमन्त्री दाहाललाई अमेरिका भ्रमणमा समेत रोक लगाउने धम्की दिइरहेका छन् ।
अघिल्लो वर्षदेखि संविधान संशोधन लगायतका माग राखेर आन्दोलन गर्दै आइरहेको सो गठबन्धनले भारत भ्रमण सकेर आएलगत्तै आफ्नो मागलाई प्राथमिकता नदिए प्रधानमन्त्री दाहालको लगत्तै सुरु हुन लागेको अमेरिका भ्रमण समेत प्रभावित पारिदिने चेतावनी सो गठबन्धनका नेताहरुले दिइरहेका छन् । प्रधानमन्त्री दाहालले यो मुद्धाका सवालमा समेत सम्बोधन गर्न तयार भएर काठमाण्डौ ओर्लनुपर्नेछ ।
भारत भ्रमणमा देखिएको त्रुटि
प्रधानमन्त्री दाहालको ४ दिने भारत भ्रमणको क्रममा केही त्यस्ता दृष्यहरु देखिए, जसले नेपालमा समेत केही तरंग ल्याइदियो । प्रधानमन्त्री पत्नी सीता दाहाल र उनीसँग जोडिएर केही तस्वीरहरु बाहिर आए । यो सवालमा नेपालमा कुटनीतिक मर्यादासँग जोडेर ठूलै बहस उठान भएको छ । प्रधानमन्त्री पत्नी सीताले जानेर वा नजानेर जे भएपनि उनीसँग जोडिएर आएका ती विषयवस्तुले नेपालमा नकारात्मक प्रभाव पारेको एकथरीको विश्लेषण छ । यो विषयमा समेत प्रचण्डले काठमाण्डु ओर्लनासाथ निकै ठूलो चुनौतीको सामना गर्नुपर्नेछ ।
नयाँ संविधानलाई अस्वीकार
त्यतिमात्र होइन, भारत भ्रमणका क्रममा २ देशबीच भएको एउटा सहमति नेपालको परराष्ट्र नीति विपरित भएको भन्दै चर्को आलोचना भइरहेको छ । २ देशले विकासशील देशका जनताको सुधारका कार्यक्रममा साझा अवधारणा बनाउने भन्ने बुँदा आलोचनायोग्य भएको भन्दै कुटनीतिक मामलाका जानकारहरुले चर्को आलोचना गर्न सुरु गरेका छन् ।
यो विषय नेपालको परराष्ट्र नीति अन्र्तगत पर्ने असंलग्नताको सिद्धान्त विपरित भएको भन्दै आलोचनात्मक टिप्पणी सुरु भएको छ । यो सवालमा समेत प्रधानमन्त्री दाहालले जवाफ दिनुपर्ने हुन्छ । त्यस्तै, नेपालको नयाँ संविधानलाई भारतले अझै मान्यता नदिएको भन्ने विषय समेत बाहिर आएको छ ।
त्यो सवालमा अझै स्पष्ट कुरा बाहिर आएको छैन । यसमा प्रचण्ड नेतृत्वको सरकारको भविष्य समेत जोडिएको एकथरीको विश्लेषण छ । यो सवालमा समेत प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने जानकारहरु बताउँछन् ।
भारतले गरेको नाकाबन्दीको जवाफ
आजभन्दा १ वर्षअघि नेपालले नयाँ संविधान जारी गरेपछि भारतले नेपाल विरुद्ध नाकाबन्दी गरेको थियो । सो नाकाबन्दीका कारण नेपालीहरुले धित मारेर आफ्नो ठूलो चाड दशै र तिहार समेत मनाउन पाएका थिएनन् । नयाँ संविधान जारी भएको आज १ वर्ष पुगेको छ ।
यही बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले नेपाली जनताले भारतसँग सोधिरहेको यो प्रश्नको उत्तर भारतीय राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्च ओहोदाका व्यक्तिहरुसँग मागेकी मागेनन् । काठमाण्डु ओर्लनासाथ प्रधानमन्त्री दाहालसँग जनताले यो प्रश्नको उत्तर माग्ने छन् ।
यो प्रश्नको उत्तर दिन समेत प्रधानमन्त्री दाहाल तयार हुनुपर्छ । अन्य केही लुकेका विषयहहरुमा समेत उनले पारदर्शी ढंगले जवाफ नदिए उनको भारत भ्रमणको औचित्यतामाथि समेत नकारात्मक बहस सुरु हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी