×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीले ‘बर्थडे’ मनाउदा ६ लाख ऋण ! नतिर्दा नेपालकै बेइज्जेत

LAXMI SUNRISE BANK

ओलीले ‘बर्थडे’ मनाउदा ६ लाख ऋण ! नतिर्दा नेपालकै बेइज्जेत

२ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेला बर्थ डे मनाउँदा ६ लाख रुपैयाँ ऋण लागेको खुलेको छ । 
६ महिना पहिले पूर्व प्रधानमन्त्री ओलीले भारत भ्रमणका बेला नयाँ दिल्लीको ताज होटलमा केक काटेर बर्थ डे (जन्मदिन) मनाउँदा करिब ६ लाख रुपैयाँ ऋण लागेको खुलेको हो ।
अहिले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई दिल्ली स्थित ताज होटलले बस्न नदिने भनेका थियो । त्यसको कारण खोज्दा ओलीले जन्मदिन मनाउँदा नतिरेको ऋण ।
सो ऋण बेलैमा नतिर्दा होटलले प्रचण्डको भ्रमण टोलीका सदस्यलाई बास नदिने चेतावनी दियो । तर, नेपाली दूतावासले प्रचण्डको दिल्ली आउनुभन्दा एकसाता पहिले मात्र ओली सरकारले लगाएको ऋण तिरेको हो ।
ओलीको भ्रमणका बेलामा ताज होटलको भोजका लागि १६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो, दूतावासका अधिकारीले भने, ‘तर, उहाँको बर्थडे केक काट्ने भएपछि पाहुनाहरु थपिए र थप ५ लाख ६० हजार खर्च भयो ।’
त्यसबेला केक काट्दा थपिएको ऋण तिर्ने बजेट अभावका कारण ६ महिनासम्म पैसा तिर्न नसकिएको ती अधिकारीले बताए । ओलीका पालामा ताज होटलमा कुल २१ लाख ६० हजार रुपैयाँ तिरिएको दूतावास स्रोतको भनाइ छ ।

  • tv अन्नपुर्णबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी