×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको दक्षिणयात्रा: उत्तरबाट दक्षिण, वामबाट पनि दक्षिण

LAXMI SUNRISE BANK

प्रचण्डको दक्षिणयात्रा: उत्तरबाट दक्षिण, वामबाट पनि दक्षिण

२ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफ्नो विगतको विरासतलाई किनारा लगाईदिएका छन् । उनको दक्षिणको दिल्ली यात्रालाई जसले जसरी अर्थ लगाएपनि विगतको उत्तरी सम्वन्धलाई पन्छाउदै उनी दक्षिण हानिएको तथ्यहरुले प्रष्ट देखाएकै छन् ।
जनयुद्धको जग खडा गर्न आधार तय गर्ने उनका प्रमुख दार्शनिक गुरु मोहनवैद्यको विरासतबाट कोशौं टाढा छन् प्रचण्ड । नीति र विधिका तमाम असहमतिलाई विर्सेर उनका अर्का मित्र रामवहादुर थापा वादल वाध्यताको सम्वन्धमा छन् । प्रचण्डका कुनै वेलाका युवा सारथी नेत्र विक्रम चन्द विप्लव १८० डिग्रिको विपरित दिशामा छन् । कुनै वेला खरानी रङको एउटै पोशाकमा देखिने वावुरामलाई पनि साथमा राख्न सकेनन् प्रचण्डले ।
विप्लव र वैद्यलाई साईज लगाउन पार्टीमा ल्याइएका नारायणकाजीहरु पनि आजित छन् प्रचण्डको अस्थिरताले । नागरिक सर्वोच्चताको दुहाई दिएर दिल्ली विरुद्ध गर्जिएका उनी अहिले दिल्लीको महिमागानमा व्यस्त छन् । भारत एउटा मुलुक हो र मोदी पनि व्यक्ति हुन् भन्ने कुरा विर्सिसके उनले । मानौ भारत उनका लागि मक्का मदिना हो र मोदी उनका लागि भगवान । एउटा क्याम्पको समर्थन गर्दा अर्को क्याम्प विरुद्ध विष ओकल्ने उनको पुरानो स्वभाव हो । जसले उनलाई सधैं अस्थिर वनाउदै आएको छ ।
चीनबाट भारत ढल्कनु प्रचण्डका लागि भौगोलिक विकल्पको खोजी मात्रै होइन र एमालेबाट काँग्रेस समात्नु सरकार सञ्चालनको कारण मात्रै होइन । अव प्रचण्डले सवै दार्शनीक, राजनीतिक, वैचारीक र सांगठनिक आधारहरु पनि दक्षिण र दक्षिणपन्थ निकट नै खोज्नुपर्ने छ । भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्य चाहियो, भारतलाई हुलाकी राजमार्गको जिम्मा चाहियो, भारतलाई नेपालको जलस्रोत ओगटिरहने सुविधा चाहियो यो सवै चाँजोपाँजो तिनै प्रचण्डले मिलाउँदै छन् ।
जसले आज भन्दा एक दशक अघि भारत विरुद्ध गाउँका गरिव किसानलाई सुरुङयुद्ध खन्न लगाए । अहिले संविधानमा भारतीय चासो तिनै प्रचण्डले व्यवस्थापन गर्नुपर्ने अवस्था छ जसले आज भन्दा २ दशक अघि महाकाली सन्धीको राष्ट्रघातवारे सिंहदरवार देखि जनताका प्रत्यक घरसम्म सुनाए । कसै विरुद्ध उभिनु र कसैको समर्थन गर्ने पनि हद र सीमा हुन्छ उनी सीमारहित व्यक्ति हुन् जतिवेला जता पनि हामफाल्न सक्ने । उनको अस्थिरताले संविधानमा प्रभाव पर्न गयो भने नेपालको सार्वभौमिकताले आजिवन दुखः पाईरहने निश्चित छ ।
प्रचण्ड स्वयंले वुझे हुन्छ भारतले उनलाई कसरी आजीवन नेता वनाउन सक्छ ? संसदीय व्यवस्थामा गएका प्रचण्डका लागि पहिलो निर्णायक शक्ति त जनमत होला । दोस्रो संविधानसभा भन्दा पनि मुनि वस्न जनमतले वाध्य पारिदियो भने प्रचण्डलाई भारतले कसरी नेता वनाईदेला ? दक्षिण र दक्षिणपन्थी यात्राले उनलाई आगामी दिनहरु नीजि जीवनका लागि त सहज होलान तर सांगठनिक जीवनका लागि उनले अझै महंगो मुल्य चुकाउनु पर्ने हुनसक्छ ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी