×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई वर्षे लोडसेडिङ अन्त्य घोषणा कर्ता

LAXMI SUNRISE BANK

दुई वर्षे लोडसेडिङ अन्त्य घोषणा कर्ता

२ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- ऊर्जामन्त्री जनार्दन शर्माले फेरि दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने गरी ३७ बुँदे ऊर्जा क्षेत्र विकासको अल्पकालीन र दीर्घकालीन कार्य योजना २०७२ शुक्रबार सार्वजनिक गरेका छन् ।
भर्खरै आएका ऊर्जामन्त्रीको कार्य योजनामा पनि लोडसेडिङ दुई वर्षभित्र अन्त्य गर्ने भनेपछि त्यो दुई वर्ष कहिलेदेखि सुरु हुने भन्ने अन्योलता कायम छ ।
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता घिमिरे भने नयाँ कार्य योजनाअनुसार नै सुरु हुने दाबी गर्छन् । “मन्त्रीज्यूले अहिले कार्य योजना बनाएर सुरु गर्ने भनेपछि अब बल्ल सुरु हुन्छ, पहिलाको मितिबाट गणना गरेर हुन्छ र” उनले भने ।
छिट्टै लोडसेडिङ अन्त्य हुने आश्वासन दिएर प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले उपभोक्तालाई छकाइरहेको अनुभव धेरैको छ । बानेश्वरका हरि श्रेष्ठले भने, “गत वर्ष पूर्वप्रधानमन्त्रीले पनि दुई वर्षभित्र अन्त्य गर्छु भनेको सुनेको थिएँ, अहिले फेरि दुई वर्षभित्रै भनेको सुनिएको छ”, उनले भने । आफूहरूलाई झन अन्योल रहेको उनको भनाइ थियो
“खोई केहो केहो जनता झुक्याउने चाल जस्तो पो छ लोडसेडिङ हटाउने योजना पनि,” उनले भने । कतिपय ऊर्जा मन्त्रालयका अधिकारीहरू नै यस्ता लोकप्रिय घोषणा गर्ने प्रवृत्तिबाट सन्तुष्ट छैनन् ।
“खाली भारतबाट थप १२० मेगावाट थपिएर अन्त्य गर्ने लक्ष्य छ,” उनले भने, “कुनै पनि जलविद्युत् आयोजना समयमै नबनिरहेको बेला यसरी भ्रम नफैल्याए राम्रो हुन्थ्यो, मन्त्री त आउँछन्, जान्छन् तर ऊर्जा मन्त्रालयले खप्की खानुपर्छ ।”
दुई वर्षे लोडसेडिङ अन्त्य घोषणाको सूची
मिति घोषणा कर्ता
प्रम केपी ओली- असोज २०७२
अर्थमन्त्री विष्णु पौडेल- मंसिर २०७२
ऊर्जामन्त्री टोपबहादुर रायमाझी- फागुन २०७२
बजेट भाषण- जेठ २०७२
ऊर्जामन्त्री जनार्दन शर्मा-भदौ २०७३

  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी