
नबिल इन्भेष्टमेन्ट बैंकिङको योजना व्यवस्थापनमा एक अर्बको सामुहिक लगानी कोष ‘नबिल इक्वीटी’को बिक्रि सुरु भएको छ । नबिल बैंकको कोष प्रवर्द्धन रहेको यस योजनाको १० करोड ईकाईमा आईतबारदेखि आबेदन खुलेको हो ।
इक्वीटीको प्रति ईकाई मूल्य १० रुपैयाँ तोकिएको छ । १० करोड ईकाई मध्ये १५ प्रतिशत ईकाई कोष प्रबद्र्धकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणले किन्न पाउने छन् । बढी आबेदन परेको खण्डमा असोज ६ गते नै यसको बिक्री बन्द हुने छ भने सर्वसाधारणले एक करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्नसक्ने छन् ।
कसरी दिने आवेदन ?
नबिल बैंकको प्रधान कार्यालय तिनधारा तथा शाखा कार्यालयहरु महाराजगञ्ज, बालाजु, चाबहिल, सिनामंगल, सातदोबाटो, कौशलटार र उपत्यकाबाहिरका सबै शाखाबाट आवेदकले आवेदन बुझाउन सक्ने छन्। त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङको नक्साल कार्यालयबाट पनि आवेदन बुझाउन सकिने कम्पनीले जनाएको छ।
आवेदन दिनको लागि डिम्याट खाता र बैंक खाता अनिबार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ । ५० हजार रुपैयाँसम्म नगद र सप रकम भन्दा माथि भए चेकबाट बुझाउनु पर्ने छ।
ईकाई नपरेको पैसा फिर्ता बैंक खातामा सिधै बैंक खातामा आउने छ ।
नबिलले यस अघि नै नबिल ब्यालेन्स फण्ड १ नामक सामुहिक लगानी कोष संचालन गर्दै आएको छ। नबिल ईक्विटी फण्ड नबिलको दोस्रो योजना हो।
लगानी कति सुरक्षित ?
नेप्से परिसूचक बढेर १८ सयको बिन्दुमा पुग्दा अधिकांश कम्पनीहरुको शेयर मूल्य पनि बढेको अवस्था छ। यस्तो परिस्थितिमा बजारमा प्रवेश गर्न चाहनेका लागी आइपिओको साथै सामुहिक लगानी कोषको इकाइहरुमा गरिने लगानी उत्तम बिकल्प हुन सक्छ। सामुहिक लगानी कोषको लगानीको प्रमुख क्षेत्र शेयर बजार भएकाले यस्ता कम्पनीले यस क्षेत्रसंग सम्बन्धित बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको शुक्ष्म तहसम्म पुगी गहन बिश्लेषण गरेर मात्र लगानीको निर्णय लिने हुँदा लगानी तुलनात्मक रुपले सुरक्षित नै हुन्छ। बढेको बजारमा एक्कासी प्रवेश गर्न भन्दा आइपीओ र सामुहिक लगानी कोषको इकाइमा लगानी गर्दा बजारलाई बिस्तारै बुझ्न सकिने बताउदछन लगानीकर्ता घनश्याम दाहाल। बजारलाई बुझ्न र जोखिम कम गरी सुरक्षित लगानीका लागी सामुहिक लगानी कोषको इकाईमा गरिने लगानी धेरै सुरक्षित हुने उनको ठहर छ। ‘सामुहिक लगानी कोषको लगानीमा लगानिकर्तालाई दोहोरो फाइदा हुन्छ, एक त आफुलाई पैसा चाहिएको बेला यी इकाई बजारमा बेच्न सकिन्छ, अर्को ईकाईको समयावधि सकिएपछि नाफा सहित एकमुष्ठ रकम फिर्ता पाइन्छ’ त्यसैले पनि यो बढी सुरक्षित हुने उनको बुझाइ छ।
- बिजपाटी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्