
चिनिया स्मार्टफोन ब्राण्ड ओल्लोपे विशेष महत्वकासाथ एफ-१ एस स्मार्टफोनलाई नेपाली बजारमा भित्र्याएको छ। विश्वकै उत्कृष्ट ५ ब्राण्ड मध्येको ओप्पोको एफ-१ एस स्मार्टफोनको मूल्य नेपाली बजारमा ३२ हजार ३ सय ९० तोकिएको छ।
विश्वमा सेल्फी रिभोलुसनका लागि अब्बल मानिएको ओप्पोको एफ-१ एस स्लिक मेटल बडी भएको स्मार्टफोन हो । यसको पर्फेक्ट डिजाइन र हातमा सजिलै फिट हुने बिशेषताका कारण सेल्फी र स्मार्टफोन प्रयोगकर्ताको लागी यो फोन बिशेस रहेको कम्पनीको दाबी छ।
सेल्फि लागी बिशेष रहेको उक्त फोनलाई कम्पनीले नेपाली बजारमा ‘सेल्फी स्मार्टफोन’ को रुपमा प्रवर्दन गरेको छ। नायक कर्म र नायिका ऋचा शर्माले ओप्पोको एफ-१ एसबाट सेल्फी लिएर यसलाई नेपाली बजारमा सार्वजनिक गरिएको थियो।
कम्पनीका ब्राण्ड म्यानेजर माइकल लिले सेल्फीका लागि ओप्पोेका स्मार्टफोनहरु अरु भन्दा एक कदम अघि रहेको बताएका छन। फ्रन्ट क्यामेरामै उत्कृष्ट मेगा पिक्सल सहित विभिन्न सुविधा प्रदान गरिएकाले एफ-१ एस अन्य स्मार्टफोन भन्दा विशेष रहेको उनको ठहर छ ।
फिचर

ओप्पोको एफ-१ एसमा १६ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ । अहिलेसम्म कुनै कम्पनीले पनि फ्रन्ट क्यामेरामा यस प्रकारको उत्कृष्ट मेगा पिक्सलको सुविधा नदिएको कम्पनीको दाबी छ।
ओप्पोको एफ-१ एसमा जडान गरिएको १६ मेगा पिक्सेलको क्यामेरा नै यसको मूल बिशेषता रहेको कम्पनीको दाबी छ। त्यस्तै यसमा १/२.३ इन्च सेन्सर र एफ/२.० अपर्चरको लेन्स छ । यसमा सेल्फीका लागि ब्युटीफाइ ४.० एप र सेल्फी प्यानेर जस्ता फिर्चसहरु राखिएका छन् ।
यसमा स्क्रीन फ्ल्यास फिचर रहेकाले सेल्फीका लागि यो फोन निकै अब्बल मानिने कम्पनीको दाबी छ। यसबाट पानोरोमा सेल्फी पनि लिन सकिन्छ । यसबाट खिचेका तस्वीरहरु निकै आर्कषक हुनुका साथै सबैलाई मोहित पार्न सक्ने किसिमका हुन्छन् ।
यो स्मार्टफोनको अर्को मुख्य बिशेषता भनेको यसको होम बटनमा जडान गरिएको फिंगर प्रिन्ट सेन्सर हो। यो सेट ०.२२ सेकेण्डमै अनलक हुने कम्पनीको दाबी छ । कम्पनीले यसबाहेक फिंगर पि्रन्ट सेन्सरमा आधारित सर्टकट फिचरहरु पनि दिएको जनाएको छ। एफ-१ एसमा प्रोक्सिमीटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलोरेमिटर र डिजिटल कम्पासको फिचर्स पनि दिइएको छ ।
एफ-१ एस डुअल सिम (नानो सिम) स्मार्ट फोन हो । यो एन्ड्रोइड ५.१ लोलिपपमा आधारित भएर ओप्पोले निर्माण गरेको ‘कलर अपरेटिङ सिस्टम (ओएस) ३.०मा चल्छ । यसमा ५.५ इन्चका एचडी (७२०×१२८० पिक्सल) आइपीएस डिस्प्ले रहेको छ । यसमा आक्टाकोर मिडियाटेक एमटी ६७५० चिपसेट छ ।
गोरिल्ला ग्लास ४ को प्रोटेक्सन फिचर्स रहेको एफ वान एसमा ३ जिबीको र्याम छ । यसमा १३ मेगा पिक्सेलको रियर क्यामेरा जडान छ। एफ-१ एसमा ३२ जिबीको इन्टरनल मेमोरी (रोम) छ । यसमा आवश्यक्ताअनुसार १२८ जिबिसम्मको माइक्रो एसडी कार्ड पनि प्रयोग गर्न सकिन्छ । यसमा फोर-जी एटिइ, वाइफाइ-८०२.११/बी/जी/एन, युएबी अटोजी, जीपीएस र ब्लुटुथ ४.० सामेल छ ।

यसमा ३०७५ एमएएचको ब्याट्री जडान छ। उत्कृष्ट क्षमताका कारण यसको ब्याटि्र टिकाउ समेत हुन्छ । कम मूल्यमै आकर्षक, सुविधायुक्त र किफायती फोन लिन चाहनेका लागि ओप्पोको एफवान-१ एस रोजाइमा पर्ने कम्पनीको बिश्वास छ।
विश्वबजारमा उत्कृष्ट ५ स्मार्टफोन मध्य चौंथो स्थानमा रहेको ओप्पोले नेपालमा ल्याएको तीन फोनमध्ये प्रमुख मानिएको यो ह्याण्डसेटले राम्रो बजार लिने वितरक टेलिसेलका प्रवन्ध निर्देशक सुनिल कुमार विश्वस्त देखिन्छन।
- बिजपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्