
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको सरसफाइ गर्न निर्देशन दिएसँगै आज सरसफाइ गरिएको छ । बिहीबार रङ्गशालाको निरीक्षणपछि मन्त्री श्रीपाइलीले दश दिनभित्रमा त्यहाँको सरसफाइ गरिसक्नुपर्ने भन्दै निर्देशन दिएका थिए ।
मन्त्री स्वयम् सहभागी सरसफाइ कार्यक्रममा मन्त्रालयका कर्मचारी, खेलाडी र सम्बन्धित व्यक्तिको समेत सहभागिता थियो । रंगशाला सफाई गर्न पुगेका खेलकुद मन्त्री दलजीत श्रीपाइलीले त्यहाँ ट्वाइलेट सफा गरेका छन् ।
माओवादी केन्द्रका स्वर्गीय नेता पोष्ट बहादुर बोगटीको दोश्रो स्मृति दिवसको अवसरमा आयोजित रंगशाला सरसफाई कार्यक्रममा सहभागी मन्त्री श्रीपालीले झाडु र खुर्पा बोकेर आफै सरसफाइमा सहभागी भएका थिए । उनले ट्वाइलेट सफा गर्ने, रंगशालामा उम्रिएका झार उखेल्ने तथा मेसिनले चउरको झार काट्ने काम गरेका थिए ।
रङ्गशालाको सरसफाइसँगै अन्य भौतिक संरचनाको समेत सुधार गर्ने मन्त्री श्रीपाइलीले प्रतिबद्धता व्यक्त गरे ।

- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्