×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकमानका सूचना आइजीपीलाई पुर्याएपछि गृहमन्त्रीद्धारा अख्तियारका डीआईजी कारवाहीमा

LAXMI SUNRISE BANK

लोकमानका सूचना आइजीपीलाई पुर्याएपछि गृहमन्त्रीद्धारा अख्तियारका डीआईजी कारवाहीमा

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रहरीभित्र क्षमताबान र अब्बल मानिने डीआइजी अख्तियारबाट लखेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको आदेश नमानेको र सुचना लिग गरेको आरोपमा उनलाई अख्तियारबाट तानिएको छ ।
अनुसन्धानमा डीआइजी हेमन्त मल्ल अब्बल प्रहरी उच्च अधिकृत मानिन्छन् । तर उनलाई अख्तियार प्रमुख आयुक्त कार्कीको मागमा प्रहरी प्रधान कार्यालयले जगेडामा तानेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका अति विश्वास पात्र हुन मल्ल । तर अख्तियार प्रमुखले जिकिर गरेपछि मल्ललाई तान्न आइजीपी बाध्य भएको स्रोतले बताएको छ ।
अख्तियार प्रमुख कार्कीले डीआइजी मल्ल आफ्नो भन्दा आइजीपी अर्यालकोे इन्टेस्टमा चलेको भन्दै गृहमन्त्री विमलेन्द्र निधिलाई पनि उनले सरुवाका लागि आग्रह गरेका थिए । गृहमन्त्रीले पनि चर्काे दवाव दिएपछि आइजीपी अर्याल बाध्य भएका हुन् ।
डिआईजी मल्ल सात महिना अघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट अख्तियारमा गएका थिए । मल्ललाई तान्न गृहमन्त्री स्तरिय निर्णय समेत गरिएको थियो । कार्यबहाक प्रधानमन्त्री भएकै दिन निधिले अख्तियारका डीआईजी मल्लालाई सिकार बनाएका छन् ।
मल्ललाई तानेपछि आयोगमै कार्यरत एसएसपी योगेश्वर रोमखामीलाई कामको जिम्मा दिइएको छ । तत्काल कुनै डीआइजी नपठाएर रोमखामीबाटै अख्तियारको सुरक्षा ब्यवस्था गर्ने तयारी गृहले गरेको छ । केही समयअघि अख्तियारका पूर्वाञ्चल प्रहरी प्रमुख एसपी लालमणि आचार्यलाई पनि फिर्ता बोलाइएको थियो ।
अख्तियारको गोप्य सूचना आईजीपीसँग अर्याललाई दिएको मल्ललाई आरोप लागेको छ । डिआईजी मल्ल प्रहरी संगठनमा आईजीपी अर्याल निकट मानिन्छन् । सिआईबीमा हुँदा न्यायाधिश रणबहादुर बम र रानीवारी हत्याकाण्डको सफल अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याएका थिए ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी