×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनलाई टक्कर दिन भारतद्धारा बरहनी-लुम्विनी-काठमाडौं रेल मार्गको प्रस्ताव

LAXMI SUNRISE BANK

चीनलाई टक्कर दिन भारतद्धारा बरहनी-लुम्विनी-काठमाडौं रेल मार्गको प्रस्ताव

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग रेल सम्झौता गरेपछि चिडिएकोे भारतले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसँग बरहनी-लुम्विनी-काठमाडौ रेल मार्गको प्रस्ताव गरेको छ । 
पूर्वप्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा रसुवागढी-काठमाडौ र काठमाडौं-पोखरा-लुम्विनी रेल मार्गको सम्झौता गरेका थिए । चीनसँग रेल सम्झौता गरेपछि रिसाएको भारतले बरहनी लुम्विनी काठमाडौं रेल मार्ग सम्झौताको प्रस्ताव भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग गरेको छ । 
झण्डै १५ दिनअघि भारत सरकारले आफ्नो दूतावास मार्फत रेल सम्झौताको प्रस्ताव ल्याएको थियो । प्रस्तावका विषयमा प्रधानमन्त्री दाहालले कुनै पक्षसँग छलफल गरेनन् । तर सम्झौता गर्ने पक्षमा दाहाल रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । फागुनमा भारतीय रेलमन्त्रीले बरहनी काठमाडौं रेलमार्ग सर्वेक्षणका लागि रकम विनियोजित गरेका थिए । तर नेपाली पक्षलाई औपचारिक जानकारी नगराएका कारण प्रस्तावले मुर्तरुप लिन सकेको थिएन । दाहालको भारत भ्रमणमा यसलाई औपचारिकता दिने तयारी थालिएको छ ।
 नेपालको कृष्णनगरदेखि पारी पट्टीको क्षेत्र बरहनीबाट काठमाडौं ३ सय ५९ किलोमिटर रेल मार्ग रहेको छ । त्यसको सम्भाब्यता अध्ययनका लागि ५३ लाख ८५ हजार भारतीय रुपैया छुट्याएको छ ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी