×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यास सिलिण्डिर पड्केर मृत्यु भए एक करोड क्षतिपूर्ति

LAXMI SUNRISE BANK

ग्यास सिलिण्डिर पड्केर मृत्यु भए एक करोड क्षतिपूर्ति

३१ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् ।

एलपी ग्यास उद्योग संघले भदौ १ गतेदेखि लागू हुने गरी उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको हो । ग्यास उद्योगीको बिमासम्बन्धी मापदण्डमा एकरूपता नहुँदा उद्योगको अवस्था र पीडितको पहुँचका आधारमा पीडितले यसअघिसम्म एकमुस्ट पाँच लाखदेखि २० लाखसम्म क्षतिपूर्ति पाउँदै आएका थिए ।
‘अहिले हामीले मुलुकभर एकरूपता ल्याउने गरी एउटा मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौुं, संघका अध्यक्ष शिव घिमिरेले भने, ‘मापदण्ड भदौ १ गतेदेखि नै लागू गरिसकेका छौं । सोही मापदण्डअनुसार अब देशभरका उपभोक्ताले एउटै दुर्घटनाबाट तीन प्रकारबाट समान रूपमा क्षतिपूर्ति प्राप्त गर्नेछन् ।
उनका अनुसार एकरूपता भएको मापदण्ड नहुँदा उद्योगी र पीडितलाई समेत समस्या पर्दै आएको थियो ।संघले ५३ वटा खाना पकाउने ग्यास उद्योगको सहकार्यमा तयार पारी कार्यान्वयनमा ल्याएको मापदण्डअनुसार एउटा घटनामा सिलिन्डर पड्केर अधिकतम पाँचजनासम्मको मृत्यु भएमा जनही १० लाख मूल्य बराबरको क्षतिपूर्ति उपलब्ध गराइनेछ । सरकारले दुर्घटनामा परी मृत्यु हुने परिवारलाई एकजनाबापत पाँच लाख रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।
घिमिरेका अनुसार सोही दुघर्टनामा परी भौतिक पूर्वाधारमा क्षति भएको अवस्थामा अधिकतम ४० लाख रुपैयाँसम्म क्षतिपूर्ति व्यहोर्ने व्यवस्था गरिएको छ । यसैगरी सोही दुघर्टनामा परी घाइते हुनेको हकमा स्वास्थ्य संस्थाको बिलका आधारमा उपचार खर्चबापत बिमामार्फत १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध गराइनेछ ।

यसरी संघले सिलिन्डर पड्केर मृत्यु हुने, भौतिक पूर्वाधारमा क्षति भए र घाइते हुनेको पक्षमा दुघर्टनाबापत बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
केही महिनाअघि ललितपुरमा भएको एचपी ब्रान्डको ग्यास सिलिन्डर दुघर्टनामा मृत्यु हुने तीनजनालाई संघले एकमुस्ट ४० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति व्यहोरेको थियो । उद्योग र उपभोक्ता सचेतना अभावमा पटकपटक सिलिन्डर पड्केर दुघर्टना हुन थालेपछि संघले क्षतिपूर्तिसम्बन्धी समान मापदण्ड लागू गरेको हो ।

मुलुकभर सिलिन्डर विस्फोट भएर दुर्घटनाको संख्या वृद्धि हुँदै गएपछि उद्योगीले असार ४ मा पोखरामा विशेष भेला आयोजना गरी गरेर समान क्षतिपूर्ति लागू गर्ने निर्णय गरेको थियो । सोही भेलाले एकरूपता हुने गरी मापदण्ड तयार गरेको थियो ।
‘संघमा आबद्ध देशभरका उद्योगीलाई कडाइसाथ उक्त मापदण्ड कार्यान्वयनमा ल्याउन पत्राचारसमेत गरिसकेका छौं’, घिमिरेले भने । उनका अनुसार नयाँ मापदण्डअनुसार क्षतिपूर्ति दाबी गर्न पीडित परिवारले घटना भएलगत्तै नियमित रूपमा ग्यास साट्ने र खरिद गर्ने नजिकको पसल, बिक्रेता वा डिपोमा आवश्यक जानकारी गराउनुपर्नेछ ।

पसल, बिक्रेता र डिपोले प्राप्त गरेको जानकारी उद्योगमा गराउनेछ । त्यसपछि उद्योगले बिमा कम्पनीमा क्षतिपूर्तिका लागि दाबी गर्नेछ । पछिल्लो तीन वर्षको अवधिमा सिलिन्डर पड्केर १० जनाको मृत्यु भइसकेको छ ।

  • अन्नपूर्ण पोस्ट

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी