×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिगमार्टको अर्को ठगी धन्दा, एक दर्जन केरालाई ११४० रुपैयाँ

LAXMI SUNRISE BANK

बिगमार्टको अर्को ठगी धन्दा, एक दर्जन केरालाई ११४० रुपैयाँ

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरभित्र रहेको बिग मार्टले १ दर्जन केराको मूल्य ११४० रुपैयाँ लिएको छ ।
शिवलाल पुरी नामका उपभोक्ताले बुधबार ३ हजार ६ सय ९६ रुपैयाँको किनमेल गरे । उनले १८ किशिमका वस्तु विगमार्टबाट खरिद गरे । ती वस्तुको कुल मूल्य तिरे र सामान लिएर फर्किए ।
तर उनी आफूले किनको वस्तुको मूल्य नियाल्दा छाँगाबाट खसे जस्तो भए । किनभने उनले दर्जनकै ११४० रुपैयाँ पर्ने केरा न कहिले किनेका थिए, न चाखेका थिए । एक कोसा केराको ९५ को दरले १२ वटा केराको ११ सय ४० रुपैयाँ बिगमार्टले लिएको थियो ।
दिनदहाडै ठगिएको महशुस गरेपछि उनले आफ्नो फेसबुकमा पनि लेखे, ‘भाटभटेनीले ग्राहक ठगेको त सुनेको थिएँ । तर आज सिटी सेन्टरभित्र रहेको बिग मार्टले आफैलाई एक दर्जन केराको ११४० रुपैयाँ लिएर ठगी गर्यो । सामान किनेर ढुक्क नहोऔं । बिल हेर्ने बानी गरौं र ठगीबाट बचौं, बचाऔं ।’
केही दिन अघि बिगमार्टमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको थियो । सडेका वस्तु बिक्रीका लागि राखेको भन्दै टोलीले बिगमार्टका धेरै वस्तु जफत पनि गरेको थियो । विभिन्न गलत क्रियाकलापका कारण बिगमार्ट पछिल्लो समय विवादमा तानिँदै आएको छ ।
  • नेपाल आज 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी