काठमाडौँ – काभ्रेपलाञ्चोकको चौबासस्थित चाँपपानी सामुदायिक वन र धारापानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका लागि काटिएका सल्लाका रुख कुहिने अवस्थामा पुगेको छ। वन व्यवस्थापनको क्रममा भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले सल्लाका रुख काटिएकामा उनीहरुले घर बनाउनका लागि सल्लाको काठ कमजोर हुने भन्दै नलिएपछि वनमै रहेका काठ वर्षाको पानीले कुहिने अवस्थामा पुगेको हो।
काठ काटिएपछि भूकम्पपीडितको माग आएन र त्यो काठ बाहिर बिक्री वितरण गर्न हामीलाई निर्देशिकाले रोक लगायो तर अब त्यसलाई लिलामको प्रक्रियामा लैजाने जिल्ला वन कार्यालयका अधिकृत प्रेम खनालले बताए। वन अधिकृत खनालले काटिएको सल्लाको काठ प्रतिक्युफिट १ सय रुपैयाँ पर्ने उल्लेख गर्दै सरकारले यस वर्षबाट नै वैज्ञानिक वन व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरेको बताए।
इनलिफ्ट परियोजनाका अधिकृत गोविन्द पौडेलले विगतमा अनुसन्धानका लागि वैज्ञानिक वन व्यवस्थापनको काम अघि बढेको र अब त्यसलाई निरन्तरता दिइने जानकारी दिए। उनले जिल्लाको नगरकोट आसपासका हिले जलजले सामुदायिक वनसहित तीनवटा र ढुंखर्क गाविसमा रहेको कालापानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अघि बढ्ने बताए।
काटिएका सबै काठ लिलामको प्रक्रियामा जाने पौडेलले बताए। इनलिफ्ट परियोजनाको आर्थिक सहयोगमा यस कार्यालयले दुई वर्षअघिदेखि वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्