×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीकाे राजकीय भ्रमणमा सत्तारूढ दलहरूकै हालीमुहाली, खै विपक्षी ?

LAXMI SUNRISE BANK

प्रधानमन्त्रीकाे राजकीय भ्रमणमा सत्तारूढ दलहरूकै हालीमुहाली, खै विपक्षी ?

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे भारत भ्रमण टाेलीमा सत्तारूढ दलहरूकै हालीमुहाली रहेकाे छ । यसअघिका भ्रमणहरुमा भने विपक्षी दलका सांसदहरुलाई समावेश गर्ने प्रचलन थियो । त्यसलार्इ पन्छाउदै प्रधानमन्त्री दाहालले सत्तारूढ दलहरू मात्रै सहभागीता गराएका छन । उनले केही मन्त्री, विभिन्न दलका सांसदसहितको जम्बो टोलीको नेतृत्व गर्दै बिहीबार भारत गएका छन् । तर, प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलमा प्रमुख विपक्षी सहित प्रतिपक्षमा रहेका दललाई वास्ता नै  गरिएकाे छैन ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा सत्ता गठबन्धन आबद्ध दलका सांसदहरुलाई मात्र सहभागी गराइएको छ । सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चा आबद्ध दलका साथै फोरम लोकतान्त्रिकका सांसदहरु सहभागी छन् । कांग्रेसबाट पद्मनारायण चौधरी, माओवादीका टेकवहादुर बस्नेत, मधेसी मोर्चाका लालबाबु राउत, जंगीलाल राय र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी सहभागी छन् ।
यसअघिका भ्रमणहरुमा भने विपक्षी दलका सांसदहरुलाई समावेश गर्ने प्रचलन थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण टोलीमा विपक्षी कांग्रेसकी नेतृ सुजाता कोइरालाको नाम थियो । यद्यपि उनले अन्तिम समयमा आएर भ्रमण स्थगित गरेकी थिइन् ।तर, यो पटक प्रमुख विपक्षी दल एमाले र अर्को दोस्रो ठूलो प्रतिपक्ष राप्रपा नेपालका सांसद भने सहभागी छैनन् । एमाले निकट स्राेतले प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिनसम्म पनि आफूहरुलाई सरकारले खबर नगरेको बताएकाे छ । स्राेतकानुसार- प्रमुख प्रतिपक्षलाई समावेश गर्न नचाहे हुन सक्ने  दावी छ । एमालेकाअनुसार भ्रमण दलमा जाने सांसदको नाम समेत मागिएको थिएन । बिपक्षीदलका अनुसार प्रधानमन्त्रीले बिपक्षीहरूलार्इ भारत भ्रमणमा नलैजाने अाशय देखिसकेपछि अामीले असमर्थ जनायाैँ ।
एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले पनि आफ्नो दलका सांसद प्रधानमन्त्रीको भ्रमणमा नरहेको बताए । दोस्रो ठूलो विपक्षी दल राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफूहरुसँग बुधवार बेलुकामात्र औपचारिकताका लागि प्रस्ताब गरिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीका प्रमुख सल्लाहकार खनालजी (चक्रपाणि खनाल)ले सर्वदलीय बैठकमा भेटेको बेला प्रमुख सचेतकको हिसाबले मलाई भन्नुभएको हो । तर, उहाँहरुको आशय बिपक्षी दलका सांसद नलैजाउँ भन्ने देखिएकाले हामीले असमर्थ जनायौं ।’
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी