Skip to content
LAXMI SUNRISE BANK

पाँच हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

अर्थ सरोकार


काठमाडाैँ – यस आवमा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्।  निजामती किताब खानामा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले जानकारी गराए। उनका अनुसार ८२ हजार ४२१ निजामती कर्मचारीमध्ये ७७ हजार ५७३ कर्मचारीले कर्मचारीले सम्पत्ति विवरण बुझाएका छन् ।
 ५२५ यस आवमा अवकाश भएका कर्मचारी पनि सम्पत्ति विवरण बुझाएका छन्।  भ्रष्टाचार निवारण ऐन २०४९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनु व्यवस्थाअनुसार अनिवार्य रुपमा आव सुरु भएको ६० दिनभित्र कर्मचारीले निजामती किताब खानामा सम्पत्ति विवरण बुझाउनुपर्ने छ।

निर्देशक पराजुली सम्पत्ति विवरण बुझाउने कर्मचारीको सङ्ख्या बढ्ने जानकारी गराए। गत वर्ष छ हजार ५५० निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन्। निर्देशक पराजुलीले सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामवली राष्ट्रिय सतर्कता केन्द्रमा पठाइने जानकारी गराए। सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ। किताब खानाले साउन १ देखि भदौ २८ सम्म निजामती सेवा, संसद् सेवा र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई अनिवार्य सम्पत्ति विवरण बुझाउन भनेको थियो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK