
काठमाडौँ – संघीय समाजवादी फोरम नेपालमा दुई सय भन्दा बढी नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।
बिहिबार काठमाडौँको गैरी गाउँमा आयोजित लिम्बूवान प्रदेश सम्पर्क समितिको प्रशिक्षण तथा सम्पर्क समितिहरुको गठन कार्यक्रममा झापा, मोरङ्ग, इलाम र तेह्रथुमका दुई सय बढ़ी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् । उनीहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
यससँगै चार वटा जिल्ला सम्पर्क समितिसमेत गठन गरिएको छ । जसमा झापा सम्पर्क समितिको अध्यक्षमा रूपध्वज लिम्बू, इलामको अध्यक्षमा नीमा शेर्पा, मोरङ्गमा तरवीर लिम्बू र तेह्रथुम सम्पर्क समितिको अध्यक्षमा महेन्द्र लुंगफंगवा लिम्बू चयन भएका छन् । समितिका अध्यक्षहरु सहित नव प्रवेशी कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष यादवले सपथ ग्रहण गराउदै मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायत उत्पीड़ित जनताको अधिकार र पहिचान प्राप्तिको आन्दोलनमा लाग्न आह्वान गरे ।
सो अवसरमा यादवले सरकारले तीन बुँदे सहमति अनुसार संविधान संशोधन प्रक्रिया प्रति गम्भीर नरहेको भन्दै असन्तुष्टी ब्यक्त गरे । उनले भने, ‘ ुतीन दल र सरकार सबैले महसुस गरेका छन् की संशोधनको विकल्प छैन । तैपनि संशोधनलाई वेवास्ता गर्नु भनेको हामीलाई फेरि आन्दोलनमा जान बाध्य पार्नु हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्