×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय मिडियाको सनसनीपूर्ण खुलासा: चीनलाई नेपालबाट पन्छाउने भारतको दाउ

LAXMI SUNRISE BANK

भारतीय मिडियाको सनसनीपूर्ण खुलासा: चीनलाई नेपालबाट पन्छाउने भारतको दाउ

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा के–कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनिरहेको छ ।
प्रधानमन्त्री दाहालले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने प्रष्ट पार्दै आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि केन्द्रीत हुने बताएका छन् । यद्यपि उनले केही दिनअघि आफू जोखिम मोलेरै भारत भ्रमणमा जान लागेको र नेतृत्वले जोखिम उठाउन पाउनुपर्ने तर्क गरेका थिए । उक्त अभिव्यक्तिका बारेमा विभिन्न टिका–टिप्पणी हुन थालेपछि उनले भोलिपल्दै प्रष्टिकरण दिदैं आफूले औंल्याएको जोखिम ‘राष्ट्र हितका लागि’ भनेका थिए ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका बारे भारतीय संचारमाध्यमले के भनिरहेका छन् ? यो पनि अहिले आम चासोको विषय हुन सक्छ । बिहीबार दैनिक जागरणले ‘संविधान मुद्दामा प्रचण्डबाट चाँडो फैसलाको अपेक्षा’ शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालको संविधानबारे भारतको दृष्टिकोण प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा अवगत गराइने जनाएको छ ।

सो पत्रिकाले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधनको तयारीसँग कुनै सम्बन्ध नभएको बताइरहे पनि संविधान संशोधनमा उनलाई आफ्नो विचार राख्न भारतले रत्तिभर हिच्किचाहट राख्ने छैन ।

नवभारत टाइम्सको समाचारलाई आधार मान्ने हो भने भारतले चीनलाई ‘साइज’ मा ल्याउन नेपालसँगको सम्बन्धलाई अहिले रणनीतिक रुपमा महत्व दिएको छ । ‘नेपाललाई लोभ्याएर चीनलाई इन्काउन्टर गर्नेछ भारत’ शीर्षक समाचारले नै भारतको उद्देश्यलाई धेरैहदसम्म उजागर गरेको छ । 
  • एजेन्सी

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी