×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बौद्धिक चोर’ त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँमाथि १५ करोडको ‘बात’

LAXMI SUNRISE BANK

‘बौद्धिक चोर’ त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँमाथि १५ करोडको ‘बात’

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौं – त्रिभूवन विश्व विद्यालयका उच्च पदस्थ अधिकारीले ‘रातारात’ नयाँ कलेजहरुलाई सम्बन्धन दिन लागेका छन् । लामो समयदेखि रोकिएको नयाँ कलेजहरुलाई सम्बन्धन दिने खेल अहिले भने हतारमा सुरु गरिएको छ । विभिन्न ३६ वटा कलेजहरुलाई बिबिएम, बिएचएम, बिआइएम र बिएसएम लगायत संकायको सम्बन्धन बाँड्न लागिएको हो । नयाँ कलेजहरुको पहिले फिल्ड स्टडी गर्नु पर्ने मान्यता विपरित त्रिविका डिन र उपकुलपतिले पहिले नै सर्ट लिस्टिङ गरेका थिए । सर्टलिस्टिङ पछि मात्रै फिल्ड स्टडी गरिएको छ । ‘यो सरासर गलत नियतबाट सम्बन्धन दिने खेल भइरहेको छ,’ त्रिविका एक पदाधिकारीले भने, ‘यहाँ नयाँ कलेजलाई सम्बन्धन दिने नाउमा करोडौंको खेल भएको छ ।’
काठमाडौँ – ती पदाधिकारीका अनुसार नयाँ सम्बन्धन पाउन लागेका कलेजहरुले त्रिभूवन विश्व विद्यालयका उपकुलपति र डिनलाई १५ करोड रुपैयाँ बुझाएका छन् । त्रिभूवन विश्व विद्यालयका उपकुलपति तिर्थ राज खनियाँ तथा डिन देबराज अधिकारीले १५ करोड रुपैयाँ बुझेको स्रोतको दाबी छ । त्रिविका डिन अधिकारीले आगामी शनिबारबाट अवकाश पाउँदै छन् । उनले अवकास पाउनु भन्दा अगाडी नै ३६ कलेजहरुलाई सम्बन्धन दिने कार्य अगाडी बढेको छ । ‘दुई दिन भित्र सबै काम सिद्धयाउने तयारी हुँदैछ,’ उनले भने, ‘यो खेलमा उच्च अधिकारीको हात छ डिन र उपकुलपति स्वयम लाग्नु भएको छ ।’
यस विषयमा त्रिभूवन विश्व विद्यालयका उपकुलपति तिर्थ खनियाँलाई सम्पर्क गर्दा उनले नयाँ कलेजहरुलाई सम्बन्धन दिन लागिएको कुरा सत्य भएको बताए । ‘तपाईंले जुन सुचना पाउँनु भएको छ त्यो सत्य हो तर, यो मेरो कार्यकालको निर्णय होईन । म भन्दा अगाडी नै सुचना प्रकाशित गरिएको विषय हो । त्यो सुचनालाई कार्यन्वयन गर्नको लागि हामीले यो तयारी गरेका हौं,’ खनियाँले दियोपोस्टलाई भने, ‘तर, आर्थिक लेनदेनको विषय चाहीँ आएको छैन ।’
त्रिविका उपकुलपति खनियाँमाथि बौद्धिक चोरीको समेत आरोप लाग्दै आएको छ । उनले एक विदेशी प्रोफेसरको थेसिस चोरी गरेको अभियोग लागेको थियो । डा. खनियाले टर्कीका एक लेखकको लेख सारेको बताइएको थियो ।
डा. खनियाँले सन् २००४ देखि २००६ सम्म त्रिविको शिक्षा डिपार्टमेन्ट प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसबेला उनले ‘नेपाल इङ्लिस लेङ्वेज टिचर्स एसोसिएसन ९एनईएलटीए० को जर्नल ९२००६, भोल्युम ११, नम्बर १(२० को १७ औं पृष्ठमा ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामाग्रीको प्रयोग’ शीर्षकमा लेख लेखेका थिए ।
उक्त लेखको अन्तिमसम्मको भागमा डा. खनियाँले फेरिट किलिक्किैयाको लेखबाट हुबहु कपी पेस्ट गरेका थिए । फेरिट मिडिल इस्ट टेक्निकल विश्वविद्यालय, अंकारा टर्कीका प्राध्यापक हुन् । उनले सन् २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेख लेखेका थिए । ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामाग्री एवं सांस्कृतिक वियावस्तु’ शीर्षकको सोही लेखबाट डा। खनियाँले सन्दर्भ सामाग्रीको उल्लेनख नगरिकन आफ्नो लेख तयार पारेका थिए ।

खनियाँको यस्तो बौद्धिक चोरीबारे त्यतिबेलै प्रश्न उठेको थियो । त्यसबेला खनियाँले आफूले सन्दर्भसामाग्रीमा फेरिटको नाम छुटाएको र त्यसलाई सच्याउने जवाफ दिएका थिए । यद्धपी खनियाँले भने सम्पादकीय टिमलाई दोष देखाएका छन् ।
  • दियो पोष्ट 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी