
कतार – बैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका ७ जना नेपाली काम गरेको तलव नपाएर अलपत्र परेका छन। लाजिम्पाट, काठमाडौंमा रहेको रोयल ओभर्सिज मेनपावरबाट कतारको एक पाकिस्तानी कम्पनीमा पुगेका ७ जना युवक ६ महिना देखि तलब नपाउदा अलपत्र परेका हुन।
अलपत्र पर्ने नेपालीहरुमा नवलपरासीका साजन पुन, डान्स लम्साल, पिताम्बर लम्सालरहेका छन् भने, स्याङजाका नागेस बिक, पाल्पाका खुम राना, भोजपुरका गङराम खडका र रुपन्देहीका दयालु यादब रहेका छन।
कम्पनीले तलब दिन्छु भन्दै काम लगाएको तर, ६ महिना वितिसक्दा पनि तलब नदिएर उनीहरुसंग खाना खाने सम्म पैसा नभएर उनीहरु समस्यामा छन् । केही महिना अघि म्यानपावरमा फोन गर्दा समेत फोन नउठाएको उनीहरुले गुनासो रहेका छन् ।
उनीहरु भन्छन् ‘रिचार्ज गरेर दुतावासमा फोन गरौ भने पैसाछैन, दुताबास कता छ, त्यो पनि थाहा छैन’, अहिले कोहिसंग पनि सम्पर्क नभएको उनीहरुको भनाई छ । उनीहरु हाल कोठा छोडेर बाहिर निकल्न सक्ने अवस्था पनि छैन।
उनीहरुले नेपाली दूतावास कतार तथा कतारमा आवद्ध गैरसरकारी संघ सस्थालाई उद्दारको लागि अपिल गरेका छन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्