×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले दिल्लीमा खुट्टा टेक्नासाथ भारतबाट आयो यस्तो खबर

LAXMI SUNRISE BANK

प्रचण्डले दिल्लीमा खुट्टा टेक्नासाथ भारतबाट आयो यस्तो खबर

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


नयाँ दिल्ली – भारतीय नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध विश्वासमा परिणत हुने स्पष्ट विश्वास व्यक्त गरेका छन् ।
भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह कोशीयारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजबाट हुने भारत भ्रमणले नेपाल–भारत सम्बन्धको अविश्वास बादल हट्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा कोशीयारीले भने, ‘प्रधानमन्त्री प्रचण्डजीको भारत भ्रमणले दुईदेशबीचको अविश्वासको कालो बादल हट्छ, उहाँको भ्रमणसँगै सम्बन्धको नयाँ पाईलाहरु, यात्राहरु र पानाहरु पल्टिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’
नेपाल—भारत सम्बन्ध प्रवुद्ध समूहका भारत तर्फका संयोजक समेत रहेका कोशीयारीले प्रचण्डको आजदेखि हुने भ्रमणलाई भारतले उच्च प्राथमिकता दिएको समेत स्पष्ट पारे । उनले अघि थपे, ‘उहाँ र भारतको सम्बन्ध अत्यन्तै राम्रो छ, घनिष्ठ छ ।’
त्यसैगरी जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले द्धिपक्षीय सम्बन्ध राम्रो हुने विश्वास व्यक्त गरे । उनले अघि थपे, ‘मोदीजी अहिले सकरात्मक हुनुहुन्छ, दुईदेशवीच देखिएको अविश्वासको कालो बादल अब हट्नेछ ।’
पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डबीच समझदारी बढेको भन्दै प्रचण्डको भारत भ्रमण फलदायी हुने उनको विश्वास थियो ।
नेपाल–भारत सीमा समस्याका बारेमा पनि द्धिपक्षीय समझादारी बन्ने यादवले बताए । नयाँ दिल्लीस्थित् नेपाली दुतावासमा आज साँझ प्रधानमन्त्री प्रचण्ड र विहारका मुख्यमन्त्री नितिश कुमारवीच हुने छलफलमा समझादारी बन्ने यादवले स्पष्ट पारे ।
काँग्रेस आईका विदेश विभाग प्रमुख एवं नेपाल मामिलाका जानकार डा. करण सिंहले प्रचण्डको यो भ्रमणलाई आफ्नो पार्टीले विशेष महत्व दिएको स्पष्ट पारे ।
प्रचण्डको भ्रमणसँगै द्धिपक्षीय सम्बन्ध प्रगाढ बन्ने, समझदारी बन्ने र नयाँ जग हालिने डा. सिंहको भनाइइ थियो । उनले थपे, ‘प्रचण्डजीको यो भ्रमणसँगै अब द्धिपक्षीय सम्बन्धमा कहिल्यैपनि अप्ठ्यारोहरु आउने छैन ।’
उनले आफ्नो पार्टी प्रचण्डको स्वागतको लागि आतुर रहेको समेत स्पष्ट पारे ।

  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी