
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने राजकीय भ्रमणका सिलसिलामा बिहीबार भारतको प्रस्थान गरेका छन् ।
झण्डै १ सय २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रचण्ड दिल्लीका लागि उडेका हुन् । भ्रमण दलमा प्रधानमन्त्रीका साथै पत्नि सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेमश लेखक, सांसदहरु पद्म नारायण चौधरी, लालबाबु राउत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत, जंगीलाल राय राप्रपा नेतृ प्रतिभा राणा, परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरे छन् ।
यस्तै प्रधानमन्त्रीको भ्रमण टोलीमा उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, बाणिज्य मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्याय, सिञ्चाई मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, शिष्टाचार महापाल दीपक अधिकारी, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सल्लाहकार डा. अषिराज अधिकारी, स्वकीय सचिव प्रकाश दाहाल र रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी चिकित्सक डा. युवराज शर्मा, प्रधानमन्त्रीका अंगरक्षक नेपाली सेनाका कर्णेल पवन खत्री, प्रहरी नायब उपरीक्षक दानबहादुर मल्ल, सशस्त्र प्रहरी निरीक्षक उत्तम पुडासैनी, पत्रकार र उद्योगी तथा व्यवसायी छन् ।
भ्रमणमा कतिपय अनावश्यक व्यक्तिसमेत सहभागी छन् । खास गरी व्यापारिक समुदायका केही प्रतिनिधि गए हुनेमा दर्जनौं गएका छन् । उनीहरुको भूमिका प्रधानमन्त्रीको अघिपछि हिंड्नुबाहेक भ्रमणमा केही हुँदैन । यसअघिका प्रधानमन्त्रीका भ्रमणमा पनि अनावश्यक संख्यामा व्यापारी गएर भ्रमण दल भद्धा हुने गरेको थियो । प्रधानमन्त्री आगामी २ असोजमा स्वदेश फर्कने कार्यक्रम छ । लगत्तै ३ असोजमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन उनी न्युयोर्क जानेछन् ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्