
परासी – पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू धर्म सापेक्ष नेपाल हुनुपर्नेमा जोड दिनुभएको छ । थापाले बहुसंख्यामा रहेका हिन्दूहरुको भावनालाई आत्मसात गर्दै हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए ।
नवलपरासीको बर्दघाटमा बिश्व हिन्दू महासंघ राष्ट्रिय समितिद्धारा आयोजित धार्मिक सम्मेलनमा बोल्दै थापाले विश्बको एक मात्र हिन्दु राष्ट्र नेपाललाई वैदेशिक शक्तिको आडमा धर्म निरपेक्ष बनाइएको आरोप लगाए ।
नेता थापाले ६२-०६३ को जनआन्दोलनमा माग नै नरहेको बिषयलाई उठाएर बैदेशिक चलखेलमा धर्मनिरपेक्ष नेपाल दावी गरेका थियो । कुनैपनि शास्त्रमा कसैलाई कुनै समुदायलाई अल्ग्याउने उल्लेख नभएको भन्दै छुवाछुत प्रथाको अन्त्य गर्नमा लाग्नुपर्नेमा जोड दिए ।
उनले हिन्दू राष्ट्र बनाउने अभियान एकजुट भएर सशक्त रुपमा लाग्न सबैलाई आग्रह समेत गरे । सो सम्मेलनले सनातन हिन्दु धर्म संरक्षणमा टेवा पुराउने उनको विश्वास छ ।
त्यस्तै कार्यक्रममा धार्मिक ब्यक्तित्वहरु शास्त्रदत्त पन्त,लक्ष्मण थापा,पदम बहादुर सापकोटा, रामचन्द्र अधिकारी, भरतराज पौडेल, दीन बन्धु अर्याल, डा.माधब राज भट्टराईलगायतले बोल्दै हिन्दु राष्ट्र नेपाल घोषणा गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा देशैभरका सनातन हिन्दु धर्म सम्बद्ध धार्मिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्