×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शान्ति मिसनमा सुडान पुगेको नेपाली सेनाको टोलीलाई एयरपोर्टबाटै किन फर्काइयो ?

LAXMI SUNRISE BANK

शान्ति मिसनमा सुडान पुगेको नेपाली सेनाको टोलीलाई एयरपोर्टबाटै किन फर्काइयो ?

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – शान्ति मिसनका लागि नेपाली सेनाका २ सय ३२ जना सैनिक बोकेर सुडान पुगेको जहाज फर्केर फेरि नेपालमै अवतरण भएको छ ।

पासपोर्ट बिर्सेपछि उडेको दुई घण्टामा नै शान्ति सेना बोकेको इथोपिएन जहाज मध्यरातमा नेपालमा ल्याण्डिङ गरिएको बताइएको छ । सैनिक सुत्रका अनुसार उक्त जहाजमा जाने अधिकृत र जवानहरुको पासपोर्ट नेतृत्व गर्ने सैनिक कमाण्डरको लापरवाहीका कारण छुटेपछि नेपाली सेनाको सिंगो टोलीलाई अपमानित ढंगले नेपाल फर्काइएको छ ।
मध्यरातको १ बजेर ४० मिनेटमा काठमाडौं अवतरण गरिएको जहाज राति नै २ बजेर ५० मिनेट जाँदा पासपोर्टसहित सुडान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यो घटनाको छानविन हुने भएको छ । यसका लागि जंगीअड्डाले छानविन समिति गठन गर्ने तयारी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी