
काठमाडौँ – भारतको राजकीय भ्रमणमाको लागि प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल दिल्ली पुगेका छन् । उनी नेपाल वायु सेवा निगमको उडानबाट १२५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान ११ बजे दिल्लीका लागि प्रस्थान भएका थिए । उनलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् ।
भ्रमण दलमा प्रधानमन्त्री दाहालका धर्मपत्नी सीता दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय लगायत सहभागी छन् । प्रधानमन्त्रीले आज नेपाली दूतावासले आयोजना गरेको रात्री भोजमा सहभागी हुने तथा नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । उनको औपचारिक भेटवार्ता भोलिदेखि सुरु हुने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्