×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुबाको सपना पूरा गर्दै बसन्त चौधरी, शल्यक्रिया कक्षको महराले गरे उद्घाटन

LAXMI SUNRISE BANK

बुबाको सपना पूरा गर्दै बसन्त चौधरी, शल्यक्रिया कक्षको महराले गरे उद्घाटन

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौँ – नर्भिकमा नवनिर्मित ‘लून–गङ्गा अपरेटिङ्ग सुइट्स्’को अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलमा नवनिर्मित अत्याधुनिक प्रविधिले सुसज्जित एवम् जेसीआई मापदण्ड बमोजिम निर्माण गरिएको विश्वस्तरीय शल्यक्रिया कक्षको उपप्रधान तथा अर्थमन्त्री महराले बुधबार उद्घाटन गरेका हुन् ।
नवीनतम् र अत्याधुनिक शल्यक्रिया सुइट्स्मा युरोपेली स्तरका ३ वटा शल्यक्रिया कक्षहरू, प्रि एण्ड पोष्ट अपरेटिभ वार्ड, सर्जिकल इन्टेन्सिभ केयर युनिट , बिरामी परामर्श लाउञ्ज, केन्द्रीय निर्मलीकरण विभाग, फार्मेसी, चिकित्सक लाउञ्ज नर्स स्टेशन लगायतका सम्पूर्ण सेवा/सुविधाहरू एउटै तल्लामा रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार शल्यक्रिया कक्ष पूर्ण रुपमा संक्रमणरहित रहेको छ भने यसको निर्माणमा प्रयोग भएका प्यानेलहरू अग्नी निवारक, भार बहन गर्ने क्षमता अत्यधिक भएको, टुटफुट नहुने र धातुरहित भएकाले खिया लाग्ने, खिइने, बाङ्गिने आदि नभई विशुद्ध युरोपेली मापदण्ड बमोजिमका हुनुका साथै कुनै रसायनले नपग्लिने, नघोलिने प्रकृतिका छन् ।
निर्माणमा प्रयोग भएका सामग्री तथा उपकरणहरू अमेरिकी खाद्य तथा औषधि नियोगबाट प्रमाणित भएकाले विकसित मुलुकहरूमा व्यापक रुपमा प्रचलित छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण समाजमा लोकप्रिय रहेको बताए । उनले त्यस्ता नयाँ प्रविधियुक्त सेवा सुविधा थपिँदा यसको विश्वसनीयता अझै बढ्ने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा भएका तमाम कमी कमजोरी सच्याएर अघि बढ्न नयाँ सरकार तयार रहेको समेत उनले बताए ।
उपप्रधान तथा अर्थमन्त्री महराले उद्घाटन गरिएको सुइट्स्का सबै कक्षहरू अभिरुचीपूर्वक अवलोकन गरेका थिए । मन्त्री महराले हस्पिटलका अन्य कक्षहरूको पनि भ्रमण गरेका थिए । नर्भिकका अध्यक्ष बसन्त चौधरीले आम नेपालीले स्तरीय स्वास्थ्य सेवा आफ्नै घरदैलोमा पाउनुपर्छ भने । उनले विश्वकै उत्कृष्ट प्रविधि भित्र्याउनुपर्छ भन्ने आफ्ना पिताको सपना पूरा गर्न विगत २५ वर्षदेखि आफू लागिपरेको धारणा राखे ।
यसै वर्ष दुई सय शैयायुक्त अत्याधुनिक प्रविधिसहितको नयाँ भवन, आवाजविहिन अति विशिष्ट एमआरआई., २ सय ५६ स्लाइसको सीटी स्क्यान आदि थप्ने तयारी भएको पनि चौधरीले जानकारी दिए । २ महिनाभित्रै अत्याधुनिक प्रविधिसम्पन्न निःसन्तान केन्द्र र हेमो डायलाइसिस सेन्टर थप्ने, नर्भिकको स्याटलाइट सेन्टरका रुपमा पोखरा र विराटनगरमा बहुआयामिक र विशिष्टस्तरका स्वास्थ्य संस्थाहरूको सुरुवात गरिने, दक्षिण भारतको प्रसिद्ध क्यान्सर हस्पिटलसँगको सहकार्यमा एक सय शैयायुक्त छुट्टै अत्याधुनिक क्यान्सर हस्पिटल सञ्चालनार्थ काम सुरु गर्ने जस्ता महत्वाकांक्षी योजनाहरू रहेको पनि चौधरीले जानकारी दिए ।
चौधरीले राष्ट्रमा प्रविधिको विकास गर्ने हो भने सरकारले नाजायज कर, भन्सार शुल्क र दस्तुरहरू हटाउनुपर्ने धारणा पनि राखे । उनले दुुर्गम क्षेत्रमा रहेका साना स्वास्थ्य केन्द्रहरूलाई डेडिकेटेड विद्युतीय लाइन नदिनेजस्ता भेदभाव सरकारले गर्नु नहुने धारणा समेत चौधरीले राखे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले नर्भिकको सेवास्तर विश्वस्तरीय पार्न हर सम्भव प्रयास गरिने बताइन् ।
नर्भिकका चिकित्सा निर्देशक डा. पङ्कज जलानले ‘लून–गङ्गा अपरेटिङ्ग सुइट्स्’ युरोपेलीस्तरको र जेसीआई मापदण्ड बमोजिमका उपकरण तथा सामाग्री प्रयोग भएको अत्याधुनिक शल्यक्रिया कक्ष भएकोले यसले बिरामीहरूलाई विश्वस्तरीय शल्यचिकित्सा सेवाको अनुभूति दिने बताए । कार्यक्रममा नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलगायतले बोलेका थिए ।
यसैबीच नर्भिक इन्टरनेशनल हस्पिटलले सञ्चारकर्मी तथा उनीहरूका परिवार सदस्य (आमा/बुबा/श्रीमान्श्री/मती तथा छोराछोरी) हरूलाई स्वास्थ्य परीक्षण प्याकेज एवम् जाँच सेवाहरूमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । उक्त छुटका लागि कुपनको व्यवस्था गरिएको छ । कुपन ३० दिनसम्मका लागि मान्य हुनेछ । यसैगरी नव उद्घाटित अपरेशन थिएटर (ओटी) बाट सेवा सुरु भएको १ हप्तासम्म सबैखाले शल्यक्रियामा १० देखि १५ प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।
  • पहिलो न्युज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी