
बैतडी – सदरमुकाममा पहिलोपटक सडक सौर्यबत्ती जडानको कार्य सम्पन्न भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र दशरथचन्द नगरपालिकाको समन्वयमा ऊर्जा ट्रेडर्स प्रालि धनगढीले सडक सौर्यबत्ती जडान गरेको हो ।
पहिलो चरणमा १० ओटा सडक सौर्यबत्ती जडान गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी विनोद चन्दले जानकारी दिए । करिब रु नौ लाखको लागतमा सडक सौर्यबत्ती जडान गरिएको उनले बताए । विद्युत्भार कटौतीको समस्या नहुने र वैकल्पिक ऊर्जाका स्रोतलाई प्रयोग गर्ने उद्देश्यका साथ सडक सौर्यबत्ती जडान गरिएको चन्दले जानकारी दिए ।
सडक सौर्यबत्ती अहिले नमुनाका लागि गढी, गोठलापानी र शाहीलेकमा १० ओटा बत्ती राखिएको र प्रभावकारिता भएमा यसलाई चालु आर्थिक वर्षमा थपिने बताइएको छ ।
नगरक्षेत्रमा सडकमा अँध्यारो नहोस् र रातिको समयमा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले सौर्य सडकबत्ती जडान गरिएको जनाइएको छ । सौर्य सडक बत्ती बुधबार बेलुकादेखि बलेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्