
रोल्पा – ग्रामीण भेगका जनताको उपचार गर्ने भन्दै डा.गोबिन्द केसी रोल्पा पुगेका छन् । झोलामा केहि औँषधी बोकेर राजधानीवाट रोल्पा आएका डा. केसीले आज र भोली रोल्पाको सुलिचौरमा स्वास्थ्य शिविर संचालन गर्ने बताएका छन् ।
चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका डा. केसीले आफ्ना मागप्रति सरकारले वेवास्ता गरे असोज ३ गतेबाट फेरि अनसन बस्ने घोषणा गरेको केहि दिनपछि रोल्पा पुगेका हुन् ।
सहयोगी बिना नै हिजो रोल्पा सदमुकाम लिबाङ पुगेका केसी आज सुलिचौरमा रहने छन् । केहि औँषधी बोकेर रोल्पा गएका डा. केसीले रोल्पाका केही संघ संस्था र जिल्ला अस्पतालको सहयोगको अपेक्षा गरेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्