×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदुवा निर्यातमा देखिएको समस्या समाधान गर्न समिति गठन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अदुवा निर्यातमा देखिएको समस्या समाधान गर्न समिति गठन

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको हो । 
समितिको सदस्यमा कृषि विभाग, कृषि उद्यम केन्द्र, व्यवसायी प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि सहभागी छन्। झापा, काँकडभिट्टा, विराटनगर, भैरहवा, नेपालगन्जलगायत निर्यातमा समस्या भएका नाका क्षेत्रमा अध्ययन गर्नेछ। अदुवाको गुणस्तरीय उत्पादनको पनि छानबिन तथा अन्य आवश्यक नियमन गरी मन्त्रालयलाई चाँडो प्रतिवेदन बुझाउनेछ।  
मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले समस्या समाधानका लागि नयाँ दिल्लीमा प्रतिनिधि पठाइसकिएको जानकारी दिँदै समितिले अध्ययन गरी दिने प्रतिवेदनका आधारमा समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। अदुवाको निर्यात हुन नसकेपछि कृषकले त्यसको उचित वातावरण मिलाइदिन सरकारसँग माग गर्दै आएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी