×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिले भैंसीको बिजोग हेर्नुहोस् अनि मःमको स्वाद लिनुहोस् (भिडियो सहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पहिले भैंसीको बिजोग हेर्नुहोस् अनि मःमको स्वाद लिनुहोस् (भिडियो सहित)

Artha Sarokar

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – राजधानी काठमाडौंमा मासुका पारखीहरु धेरै छन् । मासुका धेरै परिकार बन्छन् । स्वभाविक नै हो यस्ता परिकारले धेरैको मुख रसाउँछ । अझ काठमाडौं आएर चल्तिका मःम रेस्टुरामा पुगेर मःमका डल्ला नचाख्ने कमै हुन्छन् । राँगाको मासु नखानेहरु कतिपय मोमो भने खान्छन् । यसबाट पनि मासुको परिकारको लोकप्रियता प्रष्टिन्छ ।

खसी, राँगा, बंगुर, कुखुराआदिको मासु काठमाडौमा बिक्री हुन्छ । काठमाडौंको भोक शान्त पार्न दैनिक ट्रकका ट्रक राँगाभैसी भित्रिने गर्छ । मासुको स्रोत राँगामात्रै पर्याप्त नुहने भएकोले तराईतिरबाट बुढा भैंसी पनि आयात हुन्छ । त्यो भैसीको मासु काठमाडौबासीले स्वाद मानेर खान्छन् । काठमाडौंबाहिरबाट राँगा भैसी ल्याइन्छन् चाहिँ कसरी ? यो धेरैलाई थाहा नहुन सक्छ ।

यसरी भित्रिन्छ काठमाडाै‌‌‌‌मा भैंसी

तराईका विभिन्न ठाउँबाट भैंसीहरु ट्रकमा कोचेर काठमाडाै‌को थानकोट झारिन्छ । एउटा ट्रकमा ४० भन्दा बढी साना भैसी कोचिन्छन् भने ठुला भैंसी २० वटा भन्दा बढी कोचिएर ल्याउने गर्छन् । ट्रकमा कोचिएर ल्याइने हुनाले भैंसीहरु ३ दिनसम्म भोकै हुन्छन । कोचिएको ट्रकमा उनीहरुले खाने त के सास फेर्नेसम्म पाउँदैनन् । त्यो क्रममा कुनै भैंसी मर्न पनि सक्छन् । केही दिन अघि पशु क्वारेन्टाइनले ११ वटा मरेका खसी जफत गरेको थियो । जहाँ अनुगमन हुँदैन त्यहाँ कति राँगा, भैंसी मरेका हुन्छन् थाहा हुने कुरा भएन ।
ट्रकको यात्रामा भैंसीको सिङ, पुच्छर र मुख डोरीले बाँधिन्छ । भैंसीलाई त्यति लामो यात्रामा बस्न दिइँदैन । बस्न लागे तिखो हतियारले रक्ताम्य हुने गरी घोचिन्छ । ताकि भैंसी नबसून् । अरुको पेट भर्न काठमाडौं ल्याइने भैंसीहरु आफैचाहिँ भोकै हुन्छन् ।
अग्लो ट्रकबाट झार्दा भैसीहरु भुईमा पछारिन्छन, रक्ताम्य भएको शरीर लिएर छट्पटिन्छन् । रिंगटा र भोकले थरथर काप्दै भुइमा थचक्क बस्छन् । यद्यपि साँघुरो ट्रकको डाला र डोरीबाट मुक्त हुँदा सम्भवतः भैंसीले स्वतन्त्रता पाएको महशुस गर्छन् होला । तर त्यो स्वतन्त्रता उनीहरुको अन्तिम हुन्छ । अर्थात यसरी झारिएका भैंसी केही समयमै मासुकालागि मारिन्छन् ।
थानकोटको भैंसी राख्ने ठाउँमा देखिने अधिकाशं भैंसीहरु दुध दिन छोडेका, बुढा थारा र रोगले सताएका देखिन्छन् । तिनै रोगी फोहोरी भैंसीहरु काठमाडांैको सबैको मनपसन्द मोमोका डल्लामा ‘प्याक’ हुन्छन् । व्यापारीहरु तराईको जिल्लाहरु बारा, पर्सा, रौतहटलगायत अन्य ठाउँमा गएर भैसी जम्मा गर्छन् । अनि ट्रकमा हालेर काठमाडौं ल्याइन्छन् ।
थानकोटमा तराईबाट ल्याएको भैंसीहरुको बथान छ । हिलो र गोबरमा लतपतिएको भैंसीहरु पराल खाईरहेका हुन्छन् । व्यापारीहरुका अनुसार काठमाडौंको थानकोटमा दैनिकजसो तीन सय भन्दा बढी भैंसी ल्याइन्छन् । यो संख्या कुनै कुनै दिन घटबढ भईरहेको हुन्छ । ‘काठमाडाै‌को केही मोमो व्यापारीहरुले थानकोटबाट सिंगै भैंसी किनेर लैजान्छन त केहीले मासु नै लैजान्छन’ थानकोटका एक भैसी व्यापारीले बताए ।
व्यापारीहरुको अनुसार भैसीको मूल्य वजनअनुसार हुन्छ । सामान्यतः २० देखि २५ हजार पर्छ । ललितपुरको लुभुदेखि भक्तपुरको बोडे र काठमाडौंको विभिन्न ठाउँमा वधशाला छन् । मम पसलेहरु त्यही पुगेर मासु लैजान्छन् ।
पशु अधिकार उल्लंघन 
ट्रकमा रक्ताम्य हुने गरी भैंसी ल्याउनु पशुअधिकारविरुद्ध हो । यसरी ल्याइने भैंसीको मासु स्वास्थ्यको दृष्टिले पनि राम्रो हुँदैन । यस्तो मासु उपभोगले विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । जनावरहरुको हितमा काम गरिरहेको एनिमल नेपालका प्रोग्राम म्यानेजर कपिल काफ्ले भन्छन्, ‘नेपालमा पशु अधिकारकोपक्षमा आवाज उठाउने संस्थाहरुको दबाब पछि महानगरपालिकाले काठमाडौं बाहिर वधशाला बनाउने निर्णय गरेको छ ।’
काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले यस्तो निर्णय लिएको भए पनि पशुअधिकारवादीमो माग पनि यो निर्णयबाट सम्बोधन भएको काफ्लेको भनाइ छ ।

  • नेपाल आज 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी