×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पतालको शैयाबाट गंगामायाले तोडिन तीन बर्ष लामो अनशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अस्पतालको शैयाबाट गंगामायाले तोडिन तीन बर्ष लामो अनशन

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – छोराका हत्यारालाई कानुनी कारवाहीको दायरामा ल्याउने आश्वासन पाएपछि गोरखा भुजेलकी गंगामाया अधिकारीले बर्षाै लामो आफ्नो अनशन तोडेकी छिन् । चितवन जिल्ला अदालतले छोरा हत्या प्रकरणमा साक्षी बकपत्र गराउने भएपछि गंगामायाले वीर अस्पतालको शैयाबाट अनशन तोडेकी छिन् ।
छोराका हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पति बर्षाै लामो अनशनमा बसेका थिए । अनशनकै क्रममा झण्डै दुई बर्षअघि पति नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो । पतिको मृत्यु भएपनि अनशन नतोडेकी गंगामायाले मंगलबार तीन बर्षलामो अनशन तोडेकी छिन् ।

मंगलबार मानवअधिकार कर्मी र कानुन ब्यवसायीको आग्रहमा उनले अनशन तोडेकी हुन् । कानुनको सम्मान गर्न हामीले आग्रह गरेपछि उहाँले अनशन तोड्नु भएको छ, अधिबक्ता ओमप्रकाश अर्यालले भने उहाँका लागि कानुनी लडाई हामी लड्छौ । जुस खाएर अनशन तोडेकी गंगामायाले छोराका हत्यारालाई कारवाही नभए फेरी अनशन बस्ने चेतावनी समेत दिएकी छिन् ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी