Skip to content

दुई बर्षअघि पत्नी गुमाएका लोकप्रिय गायक सुनील बर्देवाको निधन

Dish Home

अर्थ सरोकार


काठमाडौं – लोकप्रिय गायक तथा प्रतिभाशाली संगीतकार सुनील बर्देवाको निधन भएको छ । नेपाली संगितको दुनियाँमा बहुमुखी प्रतिभा भएका सुनीलको मंगलबार त्रिभूवन शिक्षण अस्पतालमा निधन भएको गीतकार नरेशदेव पन्तले बताए । लामो समयदेखि जन्डिसबाट पीडत गायक बर्देवाले मंगलबार विहान एकाएक रगत बान्ता गरेका थिए । लगतै उनलाई अस्पताल पुरयाइएको थियो । उनको उचारकै क्रममा निधन भएको छ । 
मंगलबार खाना खाएपछि एक्कासी उनले रगत बान्ता गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । त्यसको केही समयपछि उनको निधन भएको छ । जब म निद्रामा हुन्छु, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा जस्ता लोकप्रिय गित गाएका थिए । उनी गितार बादक पनि थिए । नेपाली पप संगीतका चर्चित ब्यक्ति अस्ताएका छन् । मेटिक नामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवाले चर्चित पप गायक नवीन के भट्टराई, निमा रुम्बालगायतसँग काम गरिसकेका थिए । 
उनी गायक मात्र नभई गीत लेखक एरेन्ज गर्न, गितार बजाउन पनि सिपालु थिए । बर्देवाकी श्रीमतीको दुई बर्षअघि निधन भएको थियो । दुईबर्ष अघि आमाको वियोगमा परेका साना छोरा छोरी मंगलबारदेखि फेरी बुवाको शोकमा परेका छन् । छोरा साना छन् भने छोरीहरु अध्ययन गरिरहेका छन् । 
  • एस काठमाडौँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्