×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले बोलाउँदा एमाले अध्यक्ष ओली बालुवाटार गएनन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्डले बोलाउँदा एमाले अध्यक्ष ओली बालुवाटार गएनन्

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पुर्वप्रधानमन्त्रीहरुको बैठकमा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । प्रधानमन्त्री दाहालले भारत भ्रमणका बिषयमा सुझाव माग्न मंगलबार पुर्वप्रधानमन्त्रीहरुलाई सरकारी निवास बालुवाटार बोलाएका थिए । तर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपस्थित भएनन् ।
३० भदौमा प्रधानमन्त्री दाहाल राजकीय भ्रमणमा दिल्ली जाँदैछन् । भारत जानु पूर्व दाहालले ब्यापारी, कुटनीतिक नियोगका जानकार र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेपछि पूर्वप्रधानमन्त्रीलाई बालुवाटारमा बोलाएका थिए । प्रचण्डले बोलाएको बैठकमा डा. बाबुराम भट्टराईदेखि सवै उपस्थित भएपछि एमालेका दुई नेता तथा पूर्वप्रधानमन्त्रीहरु उपस्थित भएनन् । तर एमाले नेता माधव नेपाल भने बैठकमा सहभागि भएका थिए ।
‘भारत भ्रमणका बिषयमा हाम्रो पार्टीका अध्यक्षले लिखितरुमै प्रधानमन्त्रीलाई सुुझाव दिइसक्नु भएको छ’ एमाले संसदीय दलका सचेतक भानुभक्त ढकालले भने ‘एउटै बिषयमा बारम्वार छलफल गर्न जाने कुरा राम्रो होइन ।’ एमालेले ७ बुँदे लिखित सुझाव प्रधानमन्त्री कार्यालय पुगेर बुझाएको थियो ।
नेपालको इतिहाँसमा प्रधानमन्त्री भएर पनि भारत भ्रमण नजाने ब्यक्ति हुन झलनाथ खनाल । भारत भ्रमणका बिषयमा आफुसँग कुनै ज्ञान नभएको जानकारी उनले प्रधानमन्त्री दाहाललाई गराइसकेका थिए ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी